अमेरिकाले सहयोग रोकेपछि भारतमा रहेका ट्रान्सजेन्डरको उपचार गर्ने क्लिनिक बन्द


प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

भारतमा ट्रान्सजेन्डरका लागि तीन शहरमा सञ्चालनमा रहेका क्लिनिक बन्द भएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि तीन शहरमा संचालन बन्द भएको छ । ट्रम्पले उक्त क्लिनिकलाई दिइने विदेशी सहायता रोकिदिएका छन् ।

मित्र क्लिनिक २०२१ मा हैदराबादको दक्षिणी शहरमा स्थापना गरिएको थियो । यसले हजारौं ट्रान्सजेन्डर व्यक्तिहरूलाई एचआईभी उपचार, समर्थन र परामर्श सेवा प्रदान गरिरहेको थियो ।

पश्चिमी भारतको थाणे र पुणे शहरहरूमा २०२१ मा स्थापना भएका अन्य दुई मित्र क्लिनिकहरू पनि अनुदान रोकिएका कारणले बन्द भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरीमा ट्रम्पले कार्यकारी आदेश जारी गर्दै ९० दिनका लागि सबै विदेशी सहायता रोक्ने निर्णय गरेका थिए । जसको कारण यी क्लिनिकको कामकाज प्रभावित भएको हो ।

अमेरिकी विदेशी सहायता विभाग यूएसएआईडी मा गरिएको कडाइलाई यसै दिशामा चालिएको कदमको रूपमा हेरिएको छ ।

यूएसएआईडी द्वारा प्रदान गरिने सहायता रोकेपछि यो कदमले संसारभरका विकास परियोजनाहरूलाई प्रभावित बनाएको छ ।

भारतमा मित्र क्लिनिकहरूको बन्दले ट्रान्सजेन्डर समुदायको लागि महत्वपूर्ण चिकित्सा सहयोगमा असर पारेको छ ।

यो परियोजना २००३ मा अमेरिकी राष्ट्रपति जर्ज बुशको पालामा एचआईभी र एड्स राहतका लागि स्थापित गरिएको थियो ।

जॉन हपकिन्स विश्वविद्यालयले यूएसएआईडी र भारतीय सरकारसँग सहकार्य गर्दै यसलाई स्थापना गरेको थियो ।

तीन क्लिनिकहरूले लगभग ६ हजार ट्रान्सजेन्डर व्यक्तिहरूलाई सेवा प्रदान गरिरहेका थिए । ती मध्ये ६ देखि ८ प्रतिशतको उपचार एचआईभीका लागि भइरहेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com