युक्रेनको खनिज स्रोतमा पहुँच सम्वन्धि सम्झौतामा शुक्रबार अमेरिकासँग हस्ताक्षर हुने


प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

US-UKRAINE-DIPLOMACY-POLITICS-UNREST-ZELENSKY

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्कीकाबीचमा भेटवार्ता हुने भएको छ ।

शुक्रबार वाशिङ्टनमा ट्रम्पसँग भेट्न जेलेंस्की जानु हुने बताइएको छ । भेटवार्ताको क्रममा जेलेंस्कीले आफ्नो देशको खनिज स्रोत साझा गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तय भएको ट्रम्पले बताएका छन ।

जेलेंस्कीले यो द्विपक्षीय सम्झौता प्रारम्भिक भएको बताएका छन् । तर युक्रेनले अमेरिकासँग थप सम्झौताहरू गर्न चाहेको भन्दै उनले रूसको पुनः आक्रमणलाई रोक्नको लागि अमेरिकी सुरक्षा ग्यारेन्टी समावेश हुनुपर्नेमा जोड दिएका छन ।

तर ट्रम्पले अमेरिकाले युक्रेनलाई धेरै सहयोग गर्ने कुनै ग्यारेन्टी भने प्रदान नगर्ने बताउदै यो जिम्मेवारी यूरोपमा रहनु पर्ने भनिरहेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले युक्रेन नेटो सदस्य बन्ने सम्भावनालाई अस्वीकार गरेका छन । नेटो सदस्य बन्नका लागि जेलेंस्कीको लामो समयको चाहना रहेको छ ।

बुधबार आफ्नो क्याबिनेटको बैठकमा बोल्दै ट्रम्पले युक्रेनी माटोमा दुर्लभ पृथ्वी धातुहरू निकाल्ने अमेरिकी कामदारहरूको उपस्थितिले युक्रेनका लागि ‘स्वचालित सुरक्षा’ प्रदान गर्ने बताए ।

अमेरिकी राष्ट्रपतिले युक्रेन र रूस बीच युद्धविराम चाँडै हुनसक्ने भन्दै मानिसहरूलाई पहिला मर्नबाट जोगाउनु पर्ने बताए । तर जेलेन्स्कीले अमेरिकाले सुरक्षा ग्यारेण्टी नगर्दासम्म युद्धविराम सम्झौता हुननसक्ने बताएका छन ।

रूसले लगातार युक्रेनलाई नेटोको सदस्य बन्न दिने कुरामा विरोध गरिरहेको छ । यदि युक्रेन नेटोको सदस्य बन्यो भने नेटोका सैनिकहरु आफ्नो सीमासम्म आउँछन भन्ने रुसलाई डर रहेको छ ।

ट्रम्पले युक्रेनमा युद्धविराम सम्झौताको भागको रूपमा युरोपेली शान्ति सैनिकहरूलाई युक्रेनमा तैनाथ गर्न सक्ने कुरा सुझाव दिएका छन् । तर यसलाई पनि रूसले विरोध गरेको छ ।

युक्रेन प्राकृतिक स्रोतहरूको लागि धनी देश हो । किभले अनुमान गरेको छ कि यहाँ विश्वका ूआवश्यक कच्चा सामग्रीहरूकोू लगभग ५ प्रतिशत छन्। तर यी स्रोतहरू मध्ये केहीलाई प्राप्त गर्न सजिलो छैन ।

केहि खनिज भएका जमिनहरू रूसले कब्जा गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार कब्जा गरिएका क्षेत्रहरूमा ३५० अर्ब डलर मूल्यका स्रोतहरू छन्।

पुटिनले अमेरिकीलाई दुर्लभ खनिजहरूको पहुँच दिने बारे विचार गर्न तयार छन् । जसमा रूसले कब्जा गरेका युक्रेनी क्षेत्रहरू पनि समावेश छन् ।

ब्रिटिश प्रधानमन्त्री किर स्टार्मर पनि यस हप्तामा ट्रम्प र जेलेंस्कीसँग अलगअलग भेट गर्न जाँदै छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com