युक्रेन र रुसकाबीचमा चाँडै युद्धविरामको संभावना रहेको फ्रान्सका राष्ट्रपति म्याक्रोनको संकेत
प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले रुस र युक्रेनकाबीचमा चाँडै युद्धविराम हुनसक्ने बताएका छन ।
अमेरिकामा रहेका म्याक्रोनले युक्रेन र रुसकाबीचमा केहि हप्ता भित्रै युद्धविरामको संभावना रहेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका उनले युक्रेनले आत्मसमर्पण गरेर शान्ती संभव नहुने भन्दै दुवै पक्षलाई मिलाएर स्थायी शान्तिका लागि अमेरिकाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
युक्रेनमा शान्ति कायम राख्ने सम्झौतामा लाग्ने लागत र भार युरोपले उठाउने कुरामा जोड दिए । युक्रेनको सुरक्षा ग्यारेण्टी सहित सम्झौता हुनुपर्नेमा उनले जोड दिए ।
ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमै खेलको नियम परिवर्तनबाट भएको उनले बताए । युद्धमा युद्धविराम र दीर्घकालीन शान्तिका लागि वार्ता सुरु गर्नु राम्रो भएको भन्दै उनले यसले निकास पाउनेमा आफु आशावादी भएको बताए ।
म्याक्रोनले ३० जना अन्य युरोपेली नेताहरूसँग कुरा गरेका छन् । उनीहरूमध्ये धेरै जना युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको आवश्यकतामा जोड दिएका छन ।
म्याक्रोनले बेलायती प्रधान मन्त्री सर कीर स्टार्मरसँग युक्रेनमा शान्ति सैनिक पठाउने प्रस्तावमा काम गरिरहेको बताए ।
अमेरिकी समर्थनका साथमा युक्रेनमा शान्ति कायम राख्न र सामूहिक विश्वसनीयता सुनिश्चित गर्न युक्रेनमा शान्ति सैनिक तैनाथ हुने उनले स्पष्ट पारे ।
युक्रेनी संप्रभुताका लागि अमेरिकी प्रतिबद्धता सुरक्षित गर्ने उत्तम उपाय भनेको अमेरिका र युक्रेन बीच त्यहाँका खनिजहरूको पहुँचमा हुने सम्झौतामा हुनेछ, म्याक्रोनले भनेका छन ।