अमेरिकी कम्पनीहरुबाट ५० करोड डलर कर क्यानडा र फ्रान्सले उठाए
प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

क्यानडा र फ्रान्सले अमेरिकी कम्पनीहरूबाट प्रतिवर्ष ५० करोड अमेरिकी डलरभन्दा बढी कर सङ्कलन गर्ने गरेको अमेरिकाले दावी गरेको छ ।
हालैका वर्षहरूमा धेरै युरोपेली देशहरूले आफ्नो देशमा गुगल, अमेजन, एप्पल र मेटाजस्ता ठूला प्रविधि कम्पनीहरूको सञ्चालनमा डिजिटल करको लागि सक्रिय रूपमा दबाब दिएका छन् ।
अमेरिकाले यी प्रयासहरुको कडा विरोध गर्दै आएको छ ।
ट्रम्पको पहिलो कार्यकालको समयमा यी करका उपायहरूले अमेरिकी व्यवसायहरूलाई असर पारेको आरोप लगाएका थिए । उनले धेरै व्यापार साझेदारहरूको डिजिटल सेवा करहरूमा ‘अनुसन्धान’ समेत शुरू गरेका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरुले प्रतिशोधात्मक कर को सामना गर्नुपर्ने चेतावनी दिएका छन ।
अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने अमेरिकाले चेतावनी दिएको छ ।
अन्य देशहरूमा डिजिटल करका सम्बन्धमा उनीहरूले अमेरिकालाई जे गरिरहेका छन् त्यो डरलाग्दो अवस्था छ उनले भनेका छन ।