विदेशमन्त्री रुबिओ भन्छन : अमेरिकाले विदेशी सहायता रोक्दैन


प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अमेरिकी सहयोग नियोग यूएसएआईडीका २ कर्मचारी युनियनले राष्ट्रपति डोनाल्ड ट्रम्पका बिरुद्ध मुद्धा दायर गरेका छन ।

व्हाइट हाउसले कर्मचारी कटौटी गर्ने प्रस्ताव बाहिर ल्याएको भन्दै ति कर्मचारी युनियनहरुले राष्ट्रपति ट्रम्प र उनको प्रशासनका बिरुद्ध मुद्धा दर्ता गरेका हुन ।

यूएसएआईडीमा रहेका १० हजार कर्मचारीबाट घटाएर ३०० मा सिमित गर्ने प्रस्ताव गरिएको बताइएको छ । कर्मचारीको कटौटी गर्ने योजना यूएसएआईडीको तर्फबाट सुचित गरिएको छ ।

वाशिंगटन डीसी मा दायर गरिएको मुद्दामा श्रमिक समूहहरूले राष्ट्रपतिसँग यूएसएआईडीलाई बन्द गर्ने अधिकार नभएको बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूएसएआईडीले पैसाको सहि प्रयोग नगरेको र राष्ट्रपतिको नीतिसँग मेल नखाने कार्यक्रममा पैसा खर्च गरेको ट्रम्प प्रशासनले आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अमेरिका विदेशी सहायता उपलव्ध गराउने कदमबाट पछि नहट्ने बताएका छन । कार्यक्रमलाई अमेरिकाले सहयोग गर्नेछ तर सरकारले प्राथमिकता निर्धारण गरे अनुसार हुनुपर्नेछ विदेशमन्त्री रुबियोले भनेका छन ।

मुद्दा अमेरिकन फरेन सर्विस एशोसिएसन र अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लोइज ले दायर गरेका हुन् । यो यूएसएआईडी कटौती गर्ने ट्रम्पका कदमहरूमा दायर गरिएको पहिलो कानूनी कार्यवाही हो ।

ट्रम्पसँगै यस मुद्दामा अमेरिकी विदेश मन्त्रालय,यूएसएआईडी, अर्थमन्त्रालय, विदेशमन्त्री मार्को रुबिओ र अर्थमन्त्री स्कट बेसेन्टलाई पनि विपक्षी बनाइएको छ ।

राष्ट्रपतिले संविधान र संघीय कानूनको उल्लंघन गर्दै यूएसएआईडीलाई समाप्त गर्न प्रयास गरेको आरोप मुद्धामा लगाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com