‘एउटै सुईबाट सबै खोप लगाउन सकिने’


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

अमेरिकी अनुसन्धानकर्ताले बाल्यावस्थामा लगाइने सबै खोप भविष्यमा एउटै सुईमार्फत लगाउन सकिने एउटा प्रविधिको विकास गरेका छन्।

एकचोटिमै दिन सकिने उक्त सुईमा कप आकारको निकै सानो क्याप्सुलले शुरुवाती खोपको पहिलो मात्रा छाड्नेछ र त्यसपछि समय-समयमा वृद्धि गर्ने ‘बुस्टरहरु’ दिइनेछ।

जर्नल साइन्समा उल्लेख गरिएअनुसार मुसामा गरिएको अध्ययनबाट उक्त प्रयोगले काम गरेको देखिएको छ।

अनुसन्धानकर्ताले उक्त प्रविधि विश्वभरनै बिरामीका लागि सहयोगी हुन सक्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समावेश

विशेषगरी बाल्यावस्थामा लगाइने खोपहरु एकदम दुखाउने खालका हुन्छन् जसले गर्दा बालबालिकाहरु रुने र चिच्याउने गर्छन्।

भ्यागुते रोग, लहरेखोकी, पोलियो, इन्फ्लुएन्जा टाईप बी र हेपाटाइटिस बी, दादुरा, रुबेलाविरुद्ध लगायतका खोप बाल्यावस्थामा लगाइन्छन्।

मासाचुसेस्ट्स इन्स्टियुट अफ टेक्नोलोजी (एमआइटी)ले नयाँ प्रकारको ‘माइक्रोपार्टिकल’ अर्थात् स-साना कण तयार पारेका छन् जसमा सबै खोप एउटैमा समावेश गरिएको हुन्छ सक्छ।

खोप

मुसामा गरिएका परीक्षणहरुमध्ये एउटाले उक्त खोपमा राखिएका मात्रा ठ्याक्कै नौ, २० र ४१ दिनपछि दिन सकिने देखाएको छ।

महत्त्वपूर्ण

सय दिनसम्म टिक्न सक्ने त्यस्ता कण पनि तयार पारिएको अनुसन्धानकर्ताले बताएका छन्।

उक्त प्रयोग हालसम्म मान्छेमा चाहिँ गरिएको छैन।

खासगरी डाक्टरहरु सजिलै नपाउने विकासशील मुलुकका निम्ति उक्त प्रविधि निकै फलदायी हुने अनुसन्धानकर्ताहरुको विश्वास छ।

एमआइटीका प्राध्यापक रोबर्ट लांगरले भने, “हामी यो कामबारे निकै उत्साहित छौँ। खासगरी विकासशील मुलुकका बिरामीहरुका लागि यो निकै महत्त्वपूर्ण हुनेछ।”

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com