असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च


प्रकाशित मिति : भाद्र ३०, २०७४ शुक्रबार

आठराई (तेह्रथुम), ३० भदौ । जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ ।

रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ ।

पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका छन् । आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट छ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन् ।

यस क्षेत्रका उपभोक्तालाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकास्थित इसिबुका उपभोक्ता दायासागर भण्डारीले बताउनुभयो । वर्षात्को समयमा आठराई–फेदाप–म्याङ्लुङ सडकखण्डमा यातायात पनि सञ्चालन हुँदैन । भण्डारीले भन्नुभयो, “रु ८० विद्युत् महसुल बुझाउन रु दुई हजारभन्दा बढी खर्च हुने गरेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यातायात सञ्चालनमा नहुँदा यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ती भएको छ । हिउँदको समयमा यातायात सञ्चालमा हुँदा म्याङ्लुङ बजार पुग्ने रु ७०० एकोहोरो यातायात खर्च लाग्छ । समयमा महसुल बुझाउन नपुग्दा जरिवानासमेत भोग्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिए पनि कार्यालयले ध्यान नदिएकोे स्थानीयवासीको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com