ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक चल्न थाल्यो


प्रकाशित मिति : माघ ६, २०८१ आईतबार

red and whites logo

फोटो : अलेक्जेन्डर शाटोभ

टिकटकले अमेरिकामा सेवा पुन सुरु गरेको छ । डोनाल्ड ट्रम्पले प्रतिबन्ध स्थगन गर्ने आदेश दिने घोषणा गरेपछि टिकटकले अमेरिकामा बन्द गरेको सेवा पुन सुचारु गरेको हो ।

टिकटकले अमेरिकामा १७ करोड प्रयोगकर्ता रहेको बताएको छ । चिनियाँ स्वामित्वको प्लेटफर्म टिकटकले अमेरिकामा राष्ट्रिय सुरक्षाका कारण प्रतिबन्ध लागेपछि बन्द भएको सेवा पुनः सुरु गरेको छ ।

शनिबार बेलुका यो प्लेटफर्म अमेरिकी प्रयोगकर्ताहरूका लागि रोकिएको थियो । तर, आइतबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रतिबन्ध स्थगन गर्ने र सम्झौताका लागि थप समय दिने घोषणा गरेका छन ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई आवश्यक स्पष्टता र आश्वासन प्रदान गरेकोमा टिकटकले धन्यवाद दिएको छ । उनीसँग दीर्घकालीन समाधानका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिकटकका प्रमुख कार्यकारी शाउ च्यु ट्रम्पको सोमबार हुने पदस्थापन समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।

टिकटकको अभिभावक कम्पनी बाइटडान्सले यसअघि आफ्ना अमेरिकी अपरेसनहरू बिक्री नगरी प्रतिबन्ध टार्न कानूनको अवज्ञा गरेको थियो । यो कानूनलाई शुक्रबार सर्वोच्च अदालतले वैध ठहर गरेको थियो ।

यो घटनाले ट्रम्पको अघिल्लो धारणा र वर्तमान अभिव्यक्तिमा स्पष्ट अन्तर देखाएको छ । उनले यसअघि टिकटक प्रतिबन्धको समर्थन गरेका थिए । तर पछिल्लो समय उनले टिकटकलाई समर्थन गर्दै आफ्नो चुनावी अभियानका भिडियोहरूले प्लेटफर्ममा अर्बौं हेराइ प्राप्त गरेको बताएका छन् ।

टिकटकको पुनः सञ्चालन भए पनि कानून कार्यान्वयन गर्ने कम्पनीहरूले यसलाई समर्थन गर्न सक्ने स्पष्ट छैन । एप्पल र गूगलले एप स्टोरबाट टिकटक हटाएका थिए ।

भर्जिनियास्थित रिचमण्ड विश्वविद्यालयका कानूनी प्राध्यापक कार्ल टोबियसले राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत प्रतिबन्धलाई ९० दिनसम्म स्थगन गर्न सक्छन् तर यसका लागि पनि राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा प्रगति भएको प्रमाण आवश्यक पर्छ भनेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com