सन २०२४ मा १२ लाख पर्यटकले लुम्बिनी भ्रमण गरे, ३ महिनामै दानपेटिकामा १ करोड ४३ लाख संकलन


प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट ३ महिनामा झण्डै डेढ करोड रकम संकलन भएको छ ।

लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९९० रुपैया संकलन भएको हो ।

यो रकम असोज महिनायताको भएको कोषाध्यक्ष भट्टराईले बताउनु भयो । आर्थिक बर्ष २०८१।०८२ सुरु भएपछि दोश्रो पटक दानपेटिकाको रकम गणना गरिएको हो ।

पुसको १८ देखि २३ गतेसम्म ५ दिन लगाएर ३२ जना कर्मचारीले भेटिका रुपमा दान गरिएको रकमको गणना गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

असोजको ११ देखि १३ गतेसम्म यस आर्थिक बर्षको पहिलो पटक रकम गणना गरिएको थियो ।

रकम गणना गर्दा सीसीटीवी क्यामराको निगरानीमा गणना गर्ने गरिन्छ । मायादेवी मन्दिरको अवलोकन गर्न पुग्ने तिर्थयात्रुले श्रद्धापूर्वक भेटी चढाउने गर्दछन ।

दानपेटिकामा संकलित रकम लुम्बिनी विकास कोषको महत्वपूर्ण आम्दानीको श्रोत भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सन् २०२४ मा ११ लाख ७२ हजार ३०४ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । अघिल्लो वर्षको तुलनामा १ लाख ७३ हजार ३६६ ले यो संख्या बढि हो ।

सन २०२३ मा ९ लाख ९८ हजार ९३८ जना लुम्बिनी आएका थिए । सन् २०२४ मा लुम्बिनी आएका मध्ये ७ लाख ५९ हजार ९९० जना आन्तरिक पर्यटक रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

२०२४ मा १ लाख १४ हजार ४२५ जना तेस्रो मुलुकका पर्यटक बुद्ध जन्मस्थलमा आएको लुम्बिनी विकास कोषले जनाएको छ । तेस्रो मुलुकका पर्यटकको आगमन ४६.३६ प्रतिसतले बढ्दा सुधार देखिएको छ ।

२०२३ मा ७६ हजार २१० राहदानी वाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए । कोभिड अघि २०१९ मा १ लाख ७४ हजार १५ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com