न्युयोर्कको म्यानहटनमा व्यस्त क्षेत्रमा प्रवेश गर्ने गाडीलाई अबदेखि अतिरिक्त शुल्क, उबरलाई कति?


प्रकाशित मिति : पुस २१, २०८१ आईतबार

न्युयोर्कको म्यानहटनमा पहिलोपल्ट व्यस्त सडकमा गाडी चलाउदा अतिरिक्त शुल्क तिर्नुपर्ने नियम आजदेखि लागु भएको छ ।  अव न्यूयोर्कमा कार चालकहरुले म्यानहटनमा ट्राफिक जाम हुने क्षेत्रमा गाडी चलाउदा अतिरिक्त शुल्क बापत प्रतिदिन ९ डलर तिर्नुपर्ने भएको छ ।

अन्य सवारी साधनहरुका लागि बिभिन्न दरहरु तोकिएका छन । अतिरिक्त शुल्क भनेको त्यस्तो शुल्क हो जुन यातायातको घनत्व अत्यधिक हुने क्षेत्रहरूमा सवारी साधनहरूको प्रवेशमा लगाइन्छ। अतिरिक्त शुल्क प्रायः शहरका केन्द्रिय भागमा जहाँ ट्राफिक बढी हुन्छ त्यहाँ लागु गरिन्छ।

यो क्षेत्रले सेन्ट्रल पार्कको दक्षिणी भागलाई समेट्छ । जसमा प्रसिद्ध स्थलहरू जस्तै एम्पायर स्टेट बिल्डिङ, टाइम्स स्क्वायर र वाल स्ट्रीट वरिपरि रहेको वित्तीय क्षेत्र समावेश छ।

यो योजना न्यूयोर्कको यातायात समस्यालाई कम गर्न र सार्वजनिक यातायात नेटवर्कको लागि अर्बौं डलर संकलन गर्नको उद्देश्यले बनाइएको हो । तर यो निर्णयको बिरोध भने भइरहेको छ ।  डोनाल्ड ट्रम्पले यो निर्णयको बिरोध गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अतिरिक् शुल्क टोलको प्रस्ताव दुई वर्ष पहिले न्यूयोर्क राज्यकी गर्भनर क्याथी होचुलले उठाएकी थिइन । तर केही सवारी साधक र व्यवसायीहरूको गुनासोपछि यसलाई स्थगित र संशोधन गरिएको थियो।

धेरै चालकहरूले व्यस्त समयका दौरान जाम हुने क्षेत्रको प्रवेश गर्न प्रति दिन ९ डलर तिर्नेछन । जबकि अन्य समयमा २.२५ डलर तिरे पुग्छ ।

सानो ट्रक र गैर आवागमन बसहरूले म्यानहट्टन प्रवेश गर्नको लागि व्यस्त समयको बेला १४.४० डलर तिर्नुपर्नेछ । जबकि ठूलो ट्रक र पर्यटक बसहरूले २१.६० डलर शुल्क तिर्नेछन्।

शुल्क विवरण

मोटरसाइकलले व्यस्त समयमा ४.५० डलर र सामान्य समयमा १.०५ डलर तिर्नेछन । पहेलो र हरियो ट्याक्सीले प्रति ट्रिप ७५ सेन्ट तिर्नुपर्नेछ । उवरले प्रति ट्रिप १.५० डलर तिर्नुपर्ने भएको छ ।

स्थानीय रिपब्लिकनहरूले यसमा हस्तक्षेप गर्न ट्रम्पलाई अनुरोध गरेका छन्। शुक्रबार, न्यू जर्सी राज्यका अधिकारीहरूले यस योजनालाई छिमेकी क्षेत्रहरूको पर्यावरणीय प्रभावको कारण रोक्नको लागि गरिएको प्रयास अस्वीकृत गरिएको थियो।

पछिल्लो वर्ष न्यूयोर्क सिटीलाई विश्वको सबैभन्दा व्यस्त शहरी क्षेत्रको रूपमा चयन गरिएको थियो । नयाँ शुल्क लागु भएपछि ६० स्ट्रीट र त्योभन्दा तल म्यानहटनमा प्रवेश गर्न प्राय सवारी साधनहरूले १५ डलर टोल शुल्क तिनुपर्ने छ ।

न्युयोर्क सिटीका सडकहरूमा भींड कम गर्न, पैदल यात्रुहरूको सुरक्षा बढाउन, ट्राफिक हिंसा कम गर्न, हावामा सुधार गर्न यो शुल्कको आवश्यकता रहेको यसका पक्षधरहरुले बताएका छन् ।

मूल्य निर्धारण संरचनामा १५ डलरको न्यूनतम टोल समावेश छ । स्कूल बसहरू, यात्रु बसहरू र केही सरकारी सवारीहरूको लागि छुट दिइनेछ । ट्रकहरूलाई तिनीहरूको प्रकारको आधारमा २४ वा ३६ डलर चार्ज गरिनेछ।

न्युयोर्क सिटीमा यात्रा गर्ने न्युजर्सीका ड्राइभरहरूका लागि यो योजनाले म्यानहटनमा पुग्नको लागि क्रसिङहरूमा तिर्ने शुल्कहरूका अतिरिक्त शुल्क थप्नेछ ।

टोल शुल्क समावेश भएको क्षेत्र अमेरिकाकै सबैभन्दा धेरै भींड हुने क्षेत्र हो, जहाँको जाममा न्युयोर्कबासीहरुले बर्षमा ११७ घण्टा बिताउने गर्छन् भने औषत ट्राफिक स्पीड ७ माइल प्रतिघण्टामात्र हुनेगर्छ ।

कार्यक्रम सुरु भएपछि यो क्षेत्रमा हरेक दिन एकलाख कम गाडीहरु प्रवेश गर्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमहरु लण्डन, सिंगापुर र स्टकहोममा पनि रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com