थाइल्याण्डका प्रधानमन्त्रीसंग ५० लाख डलरका घडी, अन्य सम्पति कति ?


प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन ।

उनले आफुसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग रहेको जानकारी दिएकी छन ।

उनले आफु संग करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताउनुभएको छ ।

थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गर्ने अबसर पाएकी थिइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गरेको बताइएको छ । उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट अर्थात ४० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको बताइन ।

स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन ।

यो सहित उनको कूल सम्पत्ती २५ करोड ८० लाख अमेरिकी डलर देखिएको छ ।

फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ ।

फोब्र्सको सूचीमा उनी थाइल्याण्डको १० औं धनी व्यक्ति हुन । विश्लेषकहरूका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विराशतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो ।

थाइल्याण्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com