पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला


प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियत पूर्ण तरिकाले सुनको हिनामिना नभएको ठहर गर्दै फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको उक्त फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जलहरीका सन्दर्भमा तीन जनाविरुद्ध मुद्दा दायर गर्ने कार्य पूर्वाग्रहपूर्ण रहेको उल्लेख गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा विशेष अदालतले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता नदेखिएको ठहर गरेको छ।

“मिति २०८० असार २१ गतेको मुचुल्कामा उल्लिखित ६२३ ग्राम सुनको तौल समेत जोड्नुपर्नेमा उक्त सुनलाई समावेश गरेको देखिएन। अतः करिब १०७ केजी तौल भएको जलहरी निर्माण गर्दा अन्य धातुको मिश्रण गरिएको तथ्यलाई आरोप दाबीमा अन्यथा भनेको नपाइएको सन्दर्भमा प्रतिवादीले बदनियत राखी कोषको सुन हिनामिना गरेको भन्ने कुनै वस्तु, तथ्य वा प्रमाणबाट पुष्टि हुन आएन,” फैसलामा भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल, र बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो। सदस्य सचिव डा. थापा जलहरी निर्माणका बेला संयोजक तथा कोषका कोषाध्यक्ष थिए।

विसं २०७७ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरी निर्माण गरिएको थियो। अख्तियारले नाप जाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र कोषका पदाधिकारीको रोहबरमा सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भ गृहमा राखिएको थियो।

सुनको जलहरीको तौल एक सय सात किलो ८०७ ग्राम देखिएको थियो। गुणस्तर परीक्षण गर्दा समग्रमा २२ क्यारेटको सुन प्रयोग भएको देखिएको थियो। २०८० असार १० गते आयोगले पशुपतिनाथ मन्दिरको शिव लिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो।

कोषका सदस्य सचिव डा. थापाले भगवान् पशुपतिनाथको गर्भ गृहमा सुनको जलहरीका सन्दर्भमा विवाद गरेर धार्मिक भावनामाथि चोट पुर्‍याइए पनि अदालतले न्याय दिएको बताउनुभएको छ। “विश्वका हिन्दुहरूको आस्थाको केन्द्रमा जलहरी राख्दा विवाद गरेर अन्य देशमा पनि राम्रो सन्देश गएन। तर, सम्मानित विशेष अदालतले यी सबै प्रश्नको निरूपण गर्दै फैसला गरेको छ। भगवान् पशुपतिनाथलाई अदालतबाट न्याय भएको छ,” उहाँले भन्नुभयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com