पोर्चुगलमा एक नेपालीको नेपालीबाट छुरा प्रहार गरि हत्या, अभियुक्त फरार


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

पोर्चुगलमा एक नेपालीको छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वोनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीको हत्या भएको हो ।

उनलाई धादिङ घर भएका अर्जुन सापकोटाले हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । छुरा प्रहारबाट जिसीका भार्इ ओम जिसी पनि गम्भिर घाइते भएका छन् ।राजधानी लिस्वोनको क्याम्पे पिकान्तेस्थित सडकमा उनीमाथी छुरा प्रहार भएको थियो ।

धादिङ घर भएका अर्जुन सापकोटा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


कसरी भयो जिसीको हत्या ?

पोर्चुगलको राजधानी लिस्वनको क्याम्पो पिकनो नजिक रहेको चाईनिज रेष्टुरेण्टमा मृतक जिसीका भाई ओम जिसी कार्यरत थिए । झण्डै आधा दर्जन नेपालीले काम गर्ने उक्त रेष्टुरेण्टमा हत्यारा भनिएका अर्जुन सापकोटाले भाडा माझ्ने काम गदैं आएका थिए ।

साहुले काम मन नपरेको भनेर निकालिएको भनिएपनि सापकोटा ३ दिनअघि मृतक जिसीका भाई ओमसँगको बिवादका कारण कामबाट निकालिएका थिए । सोही कारण प्रतिसोध साध्ने नियतले मृतकका भाईलाई आक्रमण गर्ने नियतले पुगेका सापकोटाले सगै रहेका दाजुभाईमाथी नै अन्धधुन्ध धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

मृतक हरि बहादुर जिसी को हुन ?

पर्वत साविक मल्लाज गाविसका हरि बहादुर जिसी ५ बर्षअघि पोर्चुगल गएका हुन । नेपालमा कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केहि समय वेल्जियम बसेर उनि पोर्चुगल गएका थिए ।

पोर्चुगलमै बसेर त्यहीको स्थाई बसोबासको अनुमतिपछि अहिले श्रीमति र एकछोरी समेत लगिसकेको थिए । एक छोरी र श्रीमति सहित लिस्वनमा बस्दै आएका जिसीकी अर्की छोरी भने नेपालमै रहेको बुझिएको छ । सामान्य आर्थिक अवस्थाका जिसीका ३ भाई मध्ये मृतक हरि बहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन ।

अब के हुन्छ ?

मृतक जिसीको हत्याराको पहिचान भएपनि उनि अहिलेसम्म फरार रहेकाले पोर्चुगल प्रहरीले खोजी कार्य जारी राखेको छ । घटनालगत्तै खबर पाएको प्रहरीले स्थानीय प्रशासन सँगै नेपाली समुदायसँगको सहकार्यमा फरार सापकोटालाई खोजी गरि प्रशासनसमक्ष बुझाउन आग्रह गरेको छ । हत्याराको कुनै कागजपत्र छैन् ।

मृतक जिसीको शवलाई पोष्टमास्टर्मपछि त्यहाँको प्रशासनले मृतकको परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com