उपचुनावको नतिजा सार्वजनिक : कांग्रेसलाई क्षति , माओवादीलाई फाइदा , रास्वपा निराश


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

मंसिर १६ गते सम्पन्न भएको पालिका उपचुनावको मतगणना को सम्पूर्ण परिणाम सार्वजनिक भएको छ ।

पालिकामा रिक्त विभिन्न ४२ पदका लागि उपचुनाव भएको थियो । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको लागि उपचुनाव भएको हो ।

४२ पदमध्ये समग्रमा कांग्रेसले १७, माओवादीले ११ र एमालेले ८ पद जित्दै क्रमस पहिलो , दोश्रो र तेश्रो स्थान प्राप्त गरेका छन ।

काठमाण्डौको कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको छ । जाजरकोटको नलगाडमा उपमेयर माओवादीले जितेको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष एमाले र मोरङको ग्रामथानमा अध्यक्ष माओवादी केन्द्रले जितेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित ७, एमालेले ५ , जसपा नेपालले २ , रास्वपाले १ , एकीकृत समाजवादीले १ , नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् ।

रुकुमको पुथा उत्तरगंगा २ को वडाअध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए । यो चुनावमा अघिल्लो चुनावमा जितेका स्थानमा कांग्रेस , एमाले र माओवादीले गुमाएर केहि नयाँ ठाउँमा चुनाव जितेका देखिएको छ ।

अघिल्लो चुनावमा कांग्रेस , माओवादी संयुक्त रुपमा चुनाव लडेका थिए । यसपटक उनीहरु एक्ला एक्लै चुनावमा उत्रिएका थिए । यो चुनावमा कांग्रेसले क्षति व्यहोर्नु परेको छ । एक्लै प्रतिश्पर्धामा उत्रिएको बेला आएको यो नतिजा उत्साहजनक नै भएको कांग्रेसका नेताहरुले बताएका छन ।

माओवादी केन्द्रमा हौसाउने परिणाम आएको छ । एमालेले पनि सन्तोष मानेको छ । रास्वपालाई निराश बनाएको छ । राप्रपाको उपस्थिती नगन्य देखिएको छ । रास्वपाले काठमाण्डौ १६ मा वडाध्यक्ष जितेको भएपनि अन्य अधिकांश स्थानमा जमानत समेत जोगाउन नसकेको देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com