प्रमु्ख दाता मध्येकी एक लिंडालाई शिक्षा मन्त्री बनाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार

Republican presidential nominee former President Donald Trump arrives for a campaign event, Sunday, Sept. 29, 2024, in Erie, Pa. (AP Photo/Matt Rourke)

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिंडा म्याकमाहोनलाई शिक्षा मन्त्री नियुक्त गर्ने घोषणा गर्नुभएको छ । म्याकमाहोन वाणिज्य मन्त्री बन्ने चर्चा चलिरहेको बेला ट्रम्पले शिक्षा मन्त्रीको रुपमा घोषणा गर्नुभएको हो ।

ट्रम्पले अर्का ट्रान्जिसन सह अध्यक्ष हावर्ड लुट्निकलाई वाणिज्य मन्त्रीको रुपमा नियुक्त गर्नुभएको थियो । दशकौंको नेतृत्व अनुभव र शिक्षा तथा व्यवसायको गहिरो बुझाई प्रयोग गरी अमेरिकी विद्यार्थी र कामदारको नयाँ पुस्तालाई सशक्त बनाउने शिक्षामन्त्रीबाट अपेक्षा गरिएको छ ।

शिक्षा राज्यहरूमा फिर्ता लैजानेछौं, र लिंडाले त्यस अभियानको नेतृत्व गर्नुहुनेछ ट्रम्पले विज्ञप्तिमा भन्नुभएको छ । ट्रम्पको पहिलो कार्यकालमा व्यवसाय प्रशासनकी प्रशासकको रूपमा उहाँले काम गर्नुभएको थियो ।

उहाँ अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट (AFPI) की बोर्ड अध्यक्ष पनि हुनुुहुन्छ । धेरै रिपब्लिकनहरूको लागि समग्र लक्ष्य भनेको स्थानीय शिक्षामा संघीय सरकारको भूमिकालाई घटाउनु रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम सर्तहरू राखेर राज्यहरू र विद्यालयहरूलाई अनुदान वितरण गरेर यो लक्ष्यलाई हासिल गर्न सकिने उनीहरुको बुझाइ रहेको छ ।

नयाँ शिक्षा मन्त्रीको नेतृत्वमा विभागले बाइडेन प्रशासनद्वारा लागू गरिएको टाइटल क्ष्ह् का परिवर्तनहरू उल्टाउन औपचारिक प्रकृयाको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

नयाँ नियमले ट्रान्सजेंडर विद्यार्थीलाई बालिकाहरूको खेल टोलीमा खेल्न रोक्ने छ । जसलाई ट्रम्पको चुनावी अभियानको मुद्दा बनाइएको थियो ।

ट्रम्पको पहिलो राष्ट्रपतिको चुनावी अभियानको समयमा उहाँले ट्रम्प समर्थक सुपर पीएसीलाई ७ मिलियन डलर भन्दा बढी दान गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com