फ्याक्ट चेकः डिभी अन्त्य गर्नेबारे २०१७ को ट्रम्पको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल


प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार

डोनाल्ड ट्रम्पको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा ट्रम्पले भनेका छन् -‘आज म डाइभर्सिटी भिसा लोटरी खारेजको प्रकृया सुरु गर्दैछु । म संसदलाई तुरुन्तै यो डाइभर्सिटी भिसा कार्यक्रमबाट मुक्त गर्नका लागि भन्न गइरहेको छु । डाएभर्सिटी लोटरी सुन्नमा राम्रो भएपनि यो राम्रो छैन । हामी यसका विरुद्ध छौं ।’

यो भिडियोलाई सामाजिक सञ्जालमा ताजा भिडियोका रुपमा पोष्ट गरिएको छ र ट्रम्पले अहिले डाइभर्सिटी भिसा खारेजीका लागि प्रकृया सुरु गरेको रुपमा प्रस्तुत गरिएको छ । तर यो भिडियो अहिलेको ताजा भिडियो भने होइन । यो भिडियो झण्डै ७ बर्ष अगाडिको हो, जतिबेला उनी अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकाल सम्हालिरहेका थिए । यो भिडियो १ नोभेम्बर २०१७ को हो ।

उक्त भिडियोको ओरिजिनल भर्सन यहाँ हेर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको म्यानहट्टनमा भएको घातक ट्रक आक्रमण पछि राष्ट्रपति ट्रम्पको पहिलो टिप्पणीमा उनले संसदलाई डाइभर्सिटी भिसा लोटरी कार्यक्रम समाप्त गर्न आह्वान गरेका थिए । उक्त हमलाका संदिग्ध २९ बर्षीय सेफुल्लो साइपोभ डिभी कार्यक्रममार्फत उज्वेकिस्तानबाट अमेरिका आएका थिए। २०१७ को अक्टोबर ३१ मा भएको उक्त हमलामा ८ जनाको ज्यान गएको थियो ।

ट्रम्पले त्यतीबेला डिभी लोटरीकाविरुद्ध विभिन्न ट्वीटहरु पनि गरेका थिए भने अन्य प्रतिकृयाहरु पनि दिएका थिए । तर हालै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि भने ट्रम्पले डाइभर्सिटी भिसा लोटरीबारे कुनै प्रतिकृया दिएका छैनन् । सामाजिक सञ्जालहरुमा उनले डाइभर्सिटी भिसा लोटरीविरुद्ध अभिव्यक्ति दिएका भिडियोहरु सन् २०१७ र त्यही सेरोफेरोका हुन् ।

ट्रम्पले आफू राष्ट्रपति भएको बखत २०१७ मा रेज एक्ट नामको एउटा विधेयकलाई समर्थन समेत गरेका थिए । अमेरिकाको सिनेटमा पेश गरिएको यो विधेयक रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युले ल्याएको थियो । जसमा परिवारमा आधारित अध्यागमन मार्गहरूलाई नाटकीय रूपमा घटाउने, रोजगारीमा आधारित अध्यागमनको हालको मोडेललाई हटाउने र डाइभर्सिटी भिसा खारेज गर्ने लगायतका प्रावधान थिए । तर यो बिल पारित हुन भने सकेन । त्यस्तै अर्को बिल २०१८ मा पनि असफल भएको थियो ।

ट्रम्पले यसअघि डीभी लोटरी कार्यक्रम अन्त्य गर्ने इच्छा व्यक्त गरेपनि यो कार्यक्रम ट्रम्पले कार्यकारी आदेशमार्फत अन्त्य गर्न भने सक्दैनन् । उनले आफ्नो कार्यकालमा डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियम ल्याएका थिए । तर यो नियम पनि विधिपूर्वक नल्याएको भन्दै अदालतले खारेज गरिदिएको थियो । डिभी कार्यक्रम संसदबाट स्थापित कार्यक्रम भएकाले यसलाई हटाउन संसदबाटै नयाँ कानून पारित गर्न आवश्यक छ ।

ट्रम्पले जनवरी २०२५ मा पदभार ग्रहण गरेपछि डिभी कार्यक्रम तुरुन्तै रद्द गर्न नसकेपछि उनले कार्यक्रमलाई अन्त्य गर्न वा उल्लेखनीय रूपमा परिमार्जन गर्न कानूनको लागि संसदलाई भन्न सक्छन् । त्यस्तै उनले विभिन्न कार्यकारी आदेश वा नीतिहरू मार्फत लोटरी विजेताहरूलाई भिसा प्राप्त गर्न वा अमेरिकामा प्रवेश गर्न अझ गाह्रो बनाउन सक्छन्, जुन उनले २०२० मा गरेका थिए । आफ्नो अघिल्लो कार्यकालमा ट्रम्पले यात्रा प्रतिबन्ध र अन्य नीतिहरू लागू गर्दा डिभी लोटरी विजेताहरूलाई उल्लेखनीय रूपमा प्रभाव पारेको थियो।

निष्कर्षमा, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिभी लोटरीका विपक्षमा भएपनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका उनले बोलेका भिडियोहरु २०१७ का हुन्, अहिलेका होइनन् । अहिले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उनले डिभी लोटरीबारे त्यस्तो कुनै अभिव्यक्ति दिएका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com