आतङ्ककारी आक्रमणको सुरक्षा परिषदद्वारा निन्दा


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

संयुक्त राष्ट्रसंघ, २७ भदौ । इजिप्टको सिनाइमा हालै भएको आतङ्ककारी आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा १८ प्रहरीको मृत्यु भएको थियो ।

परिषदले सो घटनामा मारिएका व्यक्तिका परिवारजनप्रति इजिप्ट सरकारमार्फत गहिरो समवेदना प्रकट गरेको जनाएको छ ।

यस घटनामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरिएको सुरक्षा परिषदद्वारा प्रकाशित एक विज्ञप्तिमा जानकारी दिइएको छ ।

सिनाइ प्रायद्वीपको एल एसिस सहरनजिकै रहेको प्रहरीको एक समूहमाथि भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा पनि १८ प्रहरीको मृत्यु भएको थियो ।

यस आक्रमणको इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले जिम्मा लिएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com