चुनावी अभियान प्रमुख वाइल्सलाई चिफ अफ स्टाफ बनाउने नव निर्वाचित राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार

Republican presidential nominee former President Donald Trump arrives to speak during a campaign rally at Dodge County Airport, Sunday, Oct. 6, 2024, in Juneau, Wis. (AP Photo/Julia Demaree Nikhinson)

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान प्रमुख सुसन समराल वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफको रूपमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ ।

वाइल्सले अमेरिकी इतिहासकै एक ठूलो राजनीतिक जितहरू मध्ये एकमा आफुलाई सहयोग गरेको ट्रम्पले वक्तव्यमा भन्नुभएको छ । वाइल्स कडा, बौद्धिक, रचनात्मक, र सर्वत्र सम्मानित र प्रशंसित रहेको ट्रम्पले उल्लेख गर्नुभयो ।

अमेरिकाको इतिहासमै पहिलो महिला चिफ अफ स्टाफको रूपमा सुसिलाई यो सम्मान मिल्नु पूर्ण रूपमा योग्य कुरा हो ट्रम्पले भन्नुभएको छ । मलाई विश्वास छ कि उहाँले हाम्रो देशलाई गर्वित बनाउनुहुनेछ । वाइल्सलाई अमेरिकाकै सफल राजनीतिक रणनीतिकारहरूमा गनिन्छ ।

चिफ अफ स्टाफलाई राष्ट्रपतिको प्रमुख सहयोगी मानिन्छ । उसले प्रत्येक राष्ट्रपतिको प्रशासनमा महत्वपूर्ण भूमिका खेल्छ । ह्वाइट हाउसको कर्मचारी व्यवस्थापन र राष्ट्रपतिको सम्पूर्ण कार्यकारी कार्यालयमा दैनिक काम र गतिविधिहरूको निगरानी गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीतिगत विषयमा राष्ट्रपतिलाई परामर्श दिने र नीति विकासमा निर्देशन र निगरानी गर्ने जिम्मेवारी पनि चिफ अफ स्टाफको हातमा हुन्छ।

वाइल्स को हुन् ?

यस वर्षको सुरुमा पॉलिटिकोले प्रकाशित एक प्रोफाइलमा सुसि वाइल्सलाई डर लाग्दो तर कम परिचित राजनीतिक हस्तीका रूपमा वर्णन गरेको थियो ।

राजनीतिमा संलग्न भएको एक वर्षमै वाइल्स १९८० को चुनाव अघि रोनाल्ड रेगनको अभियानमा सामेल हुनुभयो । उहाँले आफ्नो गृह राज्य फ्लोरिडामा राजनीतिलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो ।

सन् २०१० मा, वाइल्सले त्यतिबेला राजनीतिक अनुभवविहीन व्यापारी रिक स्कटलाई फ्लोरिडाको गभर्नर बनाउन ठूलो भूमिका खेल्नु भयो ।

वाइल्सले २०१५ मा ट्रम्पलाई रिपब्लिकन राष्ट्रपतीय प्राथमिक चुनावको क्रममा भेट्नु भएको थियो । फ्लोरिडा अभियानको सह अध्यक्ष बन्नुभयो ।

सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनलाई हराउँदै फ्लोरिडा राज्य जित्नु भयो । ६७ वर्षीय वाइल्स दिवंगत फुटबल खेलाडी र प्रसारक प्याट समरालकी छोरी हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com