अष्ट्रेलियामा यसरी मनाइयो दशैं, नेपालमा टिका लगाउने तयारी, अमेरिकामा भोलि


प्रकाशित मिति : आश्विन २५, २०८१ शुक्रबार

अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर मेलबर्नमा ११ बजेर ४५ मिनेटको शुभ साइतमा टिका लगाइएको त्यहाँबाट बाल ब्यास श्रवण न्यौपानेले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यहाँ विहानैदेखि टिका लगाउने नेपालीहरुको घुईचो लागेको थियो । आफूहरुले अष्ट्रेलियामा पनि नेपालकै तीथिमा टिका लगाएको मन्दिरका पुजारी नारायणप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा कतिपयले भोलि टिका लगाउने बताएपनि अधिकांशले भने आजै दशैंको टिका लगाएका छन् ।

अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर मेलबर्नमा राखिएको जमरा

नेपालका लागि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । नेपालमा रहेका नेपालीहरुले उक्त साइतमा टिका लगाउने तयारी गरिरहेका छन् ।

अमेरिकामा बस्ने नेपालीहरुले भने भोलि अक्टोबर १२ मा दशैं मनाउँदैछन् । न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com