एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण


प्रकाशित मिति : आश्विन २१, २०८१ सोमबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको हो ।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार एनसीसी यूकेले रू १५ लाख सहयोग गरेको थियो । यसअघि हिजो दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै बुधबार ललितपूर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे अधिकृत रुपक लामिछाने जुनियर अधिकृत निरोज महर्जन लगायत थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com