साइबर सुरक्षा मुद्धाहरुमा अमेरिकाले बदनाम गरिरहेको चीनको आरोप


प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार

अमेरिकामा रहेको चिनियाँ दूतावासले बेइजिङ समर्थित ह्याकरहरूले अमेरिकी टेलिकम कम्पनीहरूलाई ह्याक गरेको भन्ने खबरलाई अस्वीकार गरेको छ ।

दूतावासका प्रवक्ता लिउ पेंग्युले साइबर सुरक्षा मुद्दाहरूलाई राजनीति गरेर अमेरिकाले चीनलाई बदनाम गरिरहेको आरोप लगाए।

अमेरिकी अनुसन्धानकर्ताहरूले ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधहरूमा पहुँच गरेको हुन सक्ने विश्वास गरेका छन् ।

यो ह्याकिङ गतिविधिलाई पहिलो पटक ‘द वाल स्ट्रिट जर्नल’ले रिपोर्ट गरेको थियो। अमेरिकी अधिकारीहरूले यस चिनियाँ ह्याकिङ अभियानको बारेमा प्रतिनिधि सभा र सिनेटको गुप्तचर समितिहरूलाई जानकारी गराएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्टरनेट र फोन सञ्चारको मेरुदण्डका रूपमा रहेका अमेरिकी टेलिकम कम्पनीहरूमा ठुलो संख्यामा कलकर्ता र प्रयोगकर्ताहरूको डाटा रहेको हुन्छ। अमेरिकी कानूनी निकायहरूले अपराध र राष्ट्रिय सुरक्षा अनुसन्धानको हिस्साको रूपमा वारन्टको माध्यमबाट सो डाटाको केही हिस्सामा पहुँच माग गर्छन्।

माइक्रोसफ्ट र गुगलको स्वामित्वमा रहेको म्यान्डियान्ट कम्पनीका साइबर सुरक्षा विज्ञहरूले यो ह्याकिङ गतिविधिको अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन ।

ह्याकरहरूको सीप, दृढता, र कम्प्युटर नेटवर्कमा पसेर बसेको क्षमताबाट यस घटनाको अनुसन्धान गरिरहेका व्यक्तिहरू प्रभावित भएका छन्। चिनियाँ ह्याकिङ समूहलाई साइबर सुरक्षा उद्योगमा ‘साल्ट टाइफुन’ भनेर चिनिन्छ।

चिनियाँ सरकारसँग गुप्तचर कार्य गर्न वा कम्प्युटर नेटवर्कहरूलाई अवरुद्ध गर्न सक्षम अन्य धेरै ह्याकिङ टोलीहरू पनि रहेको अमेरिकी अधिकारीहरू र निजी विज्ञहरूले बताएका छन्।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले भनेका छन् कि चिनियाँ सरकार(समर्थित ह्याकरहरूको संख्या एफबीआई साइबर कर्मचारीहरूको संख्याभन्दा ५० गुणा बढी छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com