Follow @khasokhasmag

रोहिंज्या समस्या: एकतर्फी युद्धविराम घोषणा


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

रोहिंज्या मुस्लिम विद्रोहीहरुले सुदुर पश्चिममा उत्पन्न मानवीय संकटलाई सहज बनाउने प्रयत्न गर्न भन्दै म्यानमारमा आइतबारदेखि शुरु हुनेगरी एकतर्फी युद्धविराम घोषणा गरेका छन्।

उत्तरी रखाइन राज्यमा एकमहिना लामो युद्धविराम घोषणा गरिएको हो।

आर्कन रोहिंज्या साल्भेसन आर्मी (आर्सा)ले २५ अगष्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारवाही शुरु गरेको थियो।

जसका कारण सैनिक कारवाही शुरु भए यता तीन लाख रोहिंज्या छिमेकी बांग्लादेशतर्फ भागेका छन्।

रोहिंज्या

आफ्ना गाउँ सेनाले जलाइदिएको रोहिंज्याले बताउँछन् तर म्यानमारले सेना “आतंकवादी”सँग लडिरहेको बताउँछ

क्रुर अभियान

रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यत मुस्लिम अल्पसंख्यक हुन्।

राज्यबिहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले आफूहरु विरुद्ध गाउँ जलाउँदै क्रुर अभियान चलाएको बताउँछन्।

म्यानमारले त्यसलाई अस्वीकार गर्छ र सेना रोहिंज्या “आतंकवादी”सँग लडिरहेको बताउँछन्।

विद्रोही समुहले सुरक्षा फौजलाई उनीहरुको जस्तै युद्धविराम गर्न र मानवीय सहायताकर्मी संस्थाहरुलाई आफ्नो काम पुन: शुरु गर्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्र संघले म्यानमार छोडेर भागेका सहायता समुहलाई ७ करोड ७० लाख डलर आवश्यक पर्ने बताएको छ।

Source : BBC Neplali

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com