रोक्का गरिएको रुसी सम्पत्तिको राजस्वबाट संकलित ३५ अर्ब यूरो युक्रेनलाई ऋण दिइने


प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार

A Ukrainian tank of the 110th brigade moves through a field as it returns from a position at the frontline on Pokrovsk direction, Donetsk region, Ukraine, Wednesday, Sept. 18, 2024. (AP Photo/Evgeniy Maloletka)

युरोपेली सङ्घले रोक्का गरिएको रुसी सम्पत्तिको राजस्वबाट सङ्कलित रकम ३५ अर्ब यूरो युक्रेनलाई ऋण दिने योजना बनाएको युरोपेली आयोगका उर्सुला भोन डेर लेयनले शुक्रबार बताउनुभएको छ ।

“अचल रूसी सम्पत्तिबाट अर्जेको अप्रत्याशित नाफाबाट सङ्कलित रकम युक्रेनलाई ऋण स्वरुप प्रदान गर्नेमा हामी विश्वस्त छौँ”, भोन डेर लेयनले युक्रेनका राष्ट्रपति भोलोडाइमर जेलेन्स्कीको साथमा कियभमा घोषणा गर्नुभयो ।

“यसले युक्रेनलाई आवश्यक वित्तीय स्थान प्रदान गर्नेछ । हामीलाई आशा छ युक्रेनले कोषको उत्तम प्रयोग कसरी गर्ने भन्ने निर्णय गर्नेछ”, उहाँले बताउनुभयो ।

मस्कोका सेनाले गरेको उग्र बमबारीपछि यस जाडोमा आफ्नो अर्थतन्त्रलाई बचाउन र आफ्नो बिजुली ग्रिड सञ्चालन कायम राख्न युक्रेनलाई कोषको आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपेली सङ्घको प्रस्तावलाई सदस्य राष्ट्रको बहुमतले हस्ताक्षर गर्न आवश्यक छ । भोन डेर लेयनले संयुक्त राज्य अमेरिकासहित अन्य जी–७ राष्ट्रले यो योजनालाई समर्थन गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

युरोपेली सङ्घले सन् २०२२ मा क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेदेखि लगभग दुई सय ३५ अर्ब डलरको रूसी केन्द्रीय बैंक कोष रोक्का गरेको थियो जुन विश्वव्यापी रूपमा रूसी अचल सम्पत्तिको विशाल हिस्सा हो । एएफपी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com