एनआरएन पोर्चुगलको उपाध्यक्षमा पत्रकार पाण्डेय भिड्दै, उनको विपक्षमा राजनितीक ध्रुविकरण हुँदै


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य पत्रकार गणेश पाण्डेय गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० सेप्टेम्वर २०१७ मा हुने छैठौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनको विपक्षमा राजनितीक ध्रुविकरण सुरु भएको छ ।

जसमा तिन जनाको उपाध्यक्ष पदका लागि ४ जना गणेश पाण्डे, कमल गुरुङ , कान्छाराम बुढाथोकी र गोबिन्द प्रसाद सापकोटा प्रतिस्पर्धा गर्दैछन। चार जना प्रतिस्पर्धीहरुमा गणेश पाण्डेय स्वतन्त्र पत्रकार हुन् भने गोबिन्द प्रसाद सापकोटा (एमाले), कमल गुरुङ (नेपाली कांग्रेस) र कान्छाराम बुढाथोकी (माओबादी केन्द्र) निकट हुन्। पछिल्लो समयमा पोर्चुगलमा भएगरेका बिकृति तथा विसंगती हरुलाई चिरफार गर्ने क्रममा अत्यन्तै खरो उत्रिएका पत्रकार पाण्डेको पक्षमा लहर बढ्न थालेपछी उनको विपक्षमा तिन दलिय ध्रुविकरण शुरु भएको हो ।

खोज पत्रकारीतामा परिचित पाण्डेले पछिल्लो समयमा युरोपमा भएका मानव तस्करी,सोसियल काण्ड, ठगी काण्ड,संस्थागत भ्रष्टाचार, जालसाजी साथै एनआरएनए भित्रका विकृति विसंगतिहरुलाई समेत सतहमा ल्याउने काम गरेका छन् । फलस्वरुप केही समय अगाडी एनआरएन पोर्चुगलका प्रवक्ता नै उनिसँग हातपातमा उत्रिएको खबर सार्वजनिक भएको थियो । यति मात्र होइन समाचार लेखेकै कारण उनलाई बेलाबेलामा ज्यान मार्ने धम्की समेत आउने गरेको विषयमा पत्रकार महासंघ युरोप शाखाले विज्ञप्तीनै निकालेको थियो ।

सामाजिक विसंगति र समाज सुधारको लागि सधै लागिपर्ने पाण्डेयले सन् २००१ मा लागु औसध दुर्व्यसन बिरुद्ध सचेतना फैलाउन नेपालको ५४ जिल्ला साइकलमा भ्रमण गरेका थिए। भारत र बंगलादेशमा पनि सोही संदेश लिएर साइकल भ्रमण गरेको पाण्डेय बताउछन्। पाण्डेय सन् १९९८ देखि हालसम्म मनाबधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलसंग आबद्ध छन्। लियो क्लब पश्चिम नेपालका संस्थापक अध्यक्ष हुदै जेसीज इन्टरनेसनल र लायन्स क्लब जस्ता बिशुद्द सामाजिक संस्थामा काम गरेको अनुभव छ पाण्डेयसंग।

करिब डेढ दशक पत्रकारिता गरेका पाण्डेयसंग रेडियो, छापा र टेलिभिजन पत्रकारिताको अनुभव छ। नौ बर्ष शिक्षण पेशामा बितायेका पाण्डेय सन् २००७ मा उच्च शिक्षाको लागि बेलायत गएका थिए। बेलायतको वेल्स बिश्वबिद्यालयबाट २०१० मा एम एस्सी गरेका पाण्डेयले सन् २०१२ मा सन्डरल्याण्ड बिश्वविद्यालयबाट एम बि गरेका हुन्।
सन् २०१२ मा एम्नेस्टी इन्टरनेसनल यूकेका लागि यूरोपका ६ देशमा फण्डरेजिङ्ग साइकल यात्रा गरेका पाण्डेय एम्नेस्टी इन्टरनेसन बेलायतका फण्डरेजर हुन्।

यसरी छोटो समयमै सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका पाण्डेयले पोर्चुगलको समग्र नेपाली समाजको जितका लागि जित्नुपर्ने धारणा सर्वसाधारणको रहेको बुझिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com