न्यूयोर्कमा बस्ने चिनियाँ मुलका अमेरिकीबिरुद्ध मुद्धा दर्ता


प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार

अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा न्यूयोर्कका एक व्यक्तिलाई अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

उनी सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका व्यक्तिलाई हुन ।

करिब २० वर्षअघि पौडी खेलेर ताइवान नियन्त्रित टापुमा पुगेका ६७ वर्षीय ताङ युआनजुनलाई पछि अमेरिकाले राजनीतिक शरण दिएको थियो ।

बुधबार पक्राउ गरिएका उनलाई छिट्टै जिल्ला न्यायाधीशसमक्ष उपस्थित गराइने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीविरूद्ध सन् २०१८ देखि सन् २०२३ सम्म संयुक्त राज्य अमेरिकामा जनवादी गणतन्त्र चीनको एजेन्टको रूपमा काम गरेको अभियोग लगाइएको न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताङले ‘जनगणतन्त्र चीनको प्रमुख नागरिक गुप्तचर निकाय, राष्ट्रिय सुरक्षा मन्त्रालय ९एमएसएस० को निर्देशनमा काम गरेको देखिएको छ,” अमेरिकी न्याय मन्त्रालयलले भनेको छ ।

चीनको उत्तरपूर्वी जिलिन प्रान्तका बासिन्दा ताङलाई सन् १९८९ मा बेइजिङको तियानआनमेन स्क्वायरमा भएको हिंसात्मक झडपमा भाग लिएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

८ वर्ष जेल बसाइपछि उनी रिहा भएका थिए । सन् २००२ मा ताइपेइस्थित एक अधिकार समूहका अनुसार ताङ चीनमा प्रजातन्त्रको पक्षमा वकालत गर्न सक्रिय रहेका थिए ।

ताइवान भाग्नुअघि उनलाई अधिकारीहरूले बारम्बार हिरासतमा लिने, सोधपुछ गर्ने र उत्पीडन गर्ने गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com