टर्की घुम्न चाहानुहुन्छ ? यी हुन् १० प्रमुख खुशी शहरहरू


प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार

टर्की प्राकृतिक सौन्दर्य र सांस्कृति सम्पदाको लागि प्रसिद्ध मानिन्छ । विश्वका सर्वाधिक भ्रमण गरिने सहरहरुमध्ये टर्कीका सहरहरु पनि पर्ने गर्छन् ।

अझ, सन् २०२३ को डिसेम्बरमा यूरोमोनिटर इन्टरनेशनलले जारी गरेको शीर्ष १०० गन्तव्य शहरहरूको रिपोर्टमा सबैभन्दा धेरै भ्रमण गरिएका चार शहरहरू मध्ये दुई टर्कीका दुई वटा शहर परेका थिए । ती दुई शहर इस्तानबुल र एन्टाल्या हुन् । सन् २०२३ मा अन्तर्राष्ट्रिय आगमनको संख्याको सूचीमा इस्तानबुल शीर्ष स्थानमा थियो । टर्कीले भिसामा समेत नरम नीति अपनाएपछि पर्यटकहरुको घूइँचो समेत लागेको छ ।

यसैबीचमा, टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले टर्कीका १० खुशी सहरहरुको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको रिपोर्टमा ब्ल्याक सी क्षेत्रको सिनोप खुशी सहरहरुको पहिलो नम्बरमा छ । जुन देशका ८१ प्रमुख सहरहरूमध्ये ७७ दशमलव ६६ प्रतिशतसहित शीर्ष स्थानमा छ।

यस्तै, ७६ दशमलव ४३ प्रतिशतसहित खुशी सहरहरुको दोस्रो नम्बरमा एजियन क्षेत्रको अफ्योन्काराहिसार छ भने एनाटोलिया सहर बेबर्ट ७५ दशमलव ९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ । खुशी सहरहरुको चौथो स्थानमा ७५ दशमलव ४८ प्रतिशतसहित मध्य एनाटोलियाको किरिक्क, ७३ दशमलव ७६ प्रतिशतसहित पाचौँ स्थानमा एजियन क्षेत्रको कुटाह्या सहर, ७३ दशमलव ५ प्रतिशतसहित छैटौं स्थानमा मध्य अनातोलियाको कानकिरी, ७२ दशमलव ७७ प्रतिशत सातौं नम्बरमा ब्ल्याक सी सहर डुज्से परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, एजियन क्षेत्रमा रहेको उसाकले ७२ दशमलव ३४ प्रतिशतसहित आठौं नम्बरमा, ७१ दशमलव ६५ प्रतिशतको खुसी दरसहित दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्ट नवौं नम्बरमा छ भने ७१ दशमलव ३६ प्रतिशत दक्षिणपूर्वमा रहेको सिरनाकमा दशौं नम्बरमा परेको छ ।

रिपोर्टका अनुसार मध्य ब्ल्याक सी क्षेत्रलाई टर्कीमा सबैभन्दा खुशी सहरको रूपमा हाइलाइट गरिएको छ भने एजियन क्षेत्रले पनि उच्च स्तरको खुशी देखाएको हो । पर्यटकहरुको स्वदेशी तथा विदेशी यात्राहरु लगभग कोरोना महामारी पूर्वकै अवस्थामा फर्कदा त्यसको फाइदा टर्कीले उठाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com