गाजा युद्धविरामका लागि वार्ता गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान


प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार

ISRAEL-US-PALESTINIAN-CONFLICT-DIPLOMACY

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविरामका लागि वार्ताका लागि मङ्गलबार इजिप्टतर्फ प्रस्थान गर्नुभएको छ ।

सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार जानुहुनेछ । कतारले इजिप्टसँग मिलेर १० महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ ।

इजरायली किबुट्ज समुदायले गाजामा बन्धक बनाइएका ७९ वर्षीय अव्राहम मुन्दरको मृत्यु भएको घोषणा गरेसँगै उहाँ तेल अभिभबाट इजिप्ततर्फ जानुभएको हो ।

मुन्दरले महिनौँसम्म शारीरिक र मानसिक यातना भोगेको दावी गर्दै किब्बुट्ज समुदायले उहाँको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएको छ । उहाँको अपहरणमा सम्लग्न हमासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग उहाँको ग्रीष्मकालीन दरबार रहेको सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा कुराकानी गर्न अमेरिकी उच्च कूटनीतिज्ञ इजिप्ट जानुभएको हो ।

अल–सिसीसँगको भेटपछि उहाँ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

दोहा वार्तामा संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीचको खाडल कम गर्न राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको युद्धविरामको खाकामा हस्ताक्षर गर्न प्रस्ताव प्रस्तुत गरेको थियो ।

ब्लिन्केनले इजरायलले अमेरिकी प्रस्ताव स्वीकार गरेको र अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नराख्ने हमासको प्रतिक्रिया बुझ्न इजिप्ट र कतारसँग कुरा गर्ने बताउनुभएको छ ।

ब्लिन्केनले सोमबार तेल अभिभमा भन्नुभयो, “यस क्षेत्रको शान्तिका लागि जतिसक्दो छिटो वार्ता हुनु र सम्झौता हुनु आवश्यक छ ।”

“संयुक्त राज्य अमेरिका यस कामका लागि गम्भीर र प्रतिवद्ध रहेको छ,” उहाँले भन्नुभयो ।

ब्लिन्केनले सोमबार युद्धविराम प्रस्ताव ‘अन्तिम मौका’ हुन सक्ने बताउनुभएको थियो ।

उहाँले हमासले पछिल्लो प्रस्तावमा गरिएको संशोधनलाई सार्वजनिक रूपमा अस्वीकार गरेको र इजरायल यसै हप्ताको अन्त्यमा कायरोमा हुने बताएको नयाँ वार्तामा एक प्रतिनिधिमण्डल पठाउन तयार रहेको बताउनुभएको छ ।

यद्यपि, हालैका वार्तामा इजरायलले हमासबाट कब्जा गरेको इजिप्टसँगको गाजा सीमा नियन्त्रणमा जोड दिनेलगायत नयाँ शर्तहरू उठाएको रिपोर्टहरू आएका छन् । हमासले इजरायलले एकपछि अर्को शर्त थप्दै गएको भन्दै यसरी वार्ता अघि बढ्न नसक्ने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com