बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो


प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ ।

विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स१४३१ अनुगमन सुरु गरेका छन् । प्रधानमन्त्री हसिना र उहाँकी बहिनी मुलुकमा जारी हिंसाका बीच बङ्गलादेशबाट भाग्नुभएको थियो ।

स्रोतहरूका अनुसार विमान दिल्लीतर्फ गइरहेको थियो । हसिना र उहाँको दलका केही सदस्य उक्त विमानमा सवार रहेको बताइएको छ । विमान दिल्लीको धावनमार्गमा स्थानीय समयानुसार करिब पाँचदेखि सवा पाँचबजेको बीचमा पुग्ने अनुमान गरिएको छ ।

बङ्गलादेशको वायु सेनाको विमानले पटना पार गरेको छ र त्यसलाई उत्तर प्रदेश–बिहार सीमा नजिकै ट्र्याक गरिएको छ । स्रोतका अनुसार शीर्ष सुरक्षा अधिकारीहरूले स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन् र ‘सबै राडार सक्रिय भएका छन् र तिनीहरूले नजिकबाट नियालिरहेका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीहरूले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुशीयाली मनाएका छन् ।

स्थानीय बङ्गलादेश समाचार आउटलेट प्रोथोम अलोका अनुसार प्रदर्शनकारीहरूले ३२ धानमन्डीमा बङ्गबन्धु शेख मुजिबर रहमान स्मृति सङ्ग्रहालयमा आगजनी गरेका छन् । सङ्ग्रहालयमा भीषण आगो लागेको र प्रदर्शनकारीहरूले नाराबाजी गरेको प्रोथोम अलोले बताएको छ ।

आन्दोलनकारीहरूले सोमबार अपराह्न करिब चार बजे अवामी लिगको ढाका जिल्ला कार्यायलमा पनि आगो लगाइदिएका छन् । यसै क्रममा आगो नजिकैको ग्यास सिलिन्डरको पसलमा पनि फैलिएको छ ।

शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले गणभवनको मैदानमा हात उठाएर खुशीयाली मनाएको देखिएको प्रोथोम अलोले बताएको छ ।

यसअघि बङ्गलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । सोमबार उहाँले अब राजनीतिक सङ्क्रमणकाल जारी रहेको र अन्तरिम सरकार गठन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै हत्याको न्याय हुनेछ ।” सेना प्रमुखले टेलिभिजनमा दिनुभएको आफ्नो सम्बोधनमा सेनामाथि विश्वास गर्न र हिंसाबाट टाढा रहन आग्रह गर्नुभयो ।

“मुलुकमा शान्ति र व्यवस्था कायम गरौँ, मलाई विश्वास गर्नुहोस्, आउनुहोस् मिलेर काम गरौँ”, उहाँले भन्नुभयो, “कृपया सहयोग गर्नुहोस्, लडाइँले केही प्राप्त हुँदैन, द्वन्द्वबाट बचौँ, हामीले मिलेर सुन्दर देश बनायौँ ।”

पत्रकारहरूको एक प्रश्नको जवाफमा उहाँले बङ्गलादेश नेसनालिस्ट पार्टी ९बिएनपी०, जातीय पार्टी र जमात–ए–इस्लामीका प्रतिनिधिहरूसँग भेट गरेको बताउनुभयो । बैठकमा शिक्षक अफिस नजरुल र जोनेद साकी पनि उपस्थित हुनुहुन्थ्यो तर विद्यार्धी प्रतिनिधिहरूसँग सम्पर्क हुन सकेन ।

सेनाध्यक्ष जमानले भन्नुभयो, “अब हामी बङ्गभवन जानेछौँ, त्यहाँ अन्तरिम सरकार गठनबारे विस्तृत चर्चा हुनेछ ।”

बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले देशवासीहरूलाई शान्त रहन आह्वान गर्नुभयो । उहाँले एक सन्देशमा सेना प्रमुख जनरल वकार–उज–जमानसँगको भेटमा आफूहरू सहभागी भएको र भेट राम्रो भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com