बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् पदबाट राजीनामा, बहिनीसहित सुरक्षित स्थानमा प्रस्थान


प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छिन् ।

पदबाट राजीनामा दिएर प्रधानमन्त्री हसिना आफ्नी बहिनीसहित देश छोडेर ‘सुरक्षित स्थानमा’ प्रस्थान गरेकी हुन् । बीबीसीका अनुसार प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ । यसअघि बंगलादेशमा जुलाई महिनादेखि मात्रै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।

देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग थिए । हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ ।

गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए । यसमा जनतालाई सरकारी कर तिर्न अपिल गरिएको थियो ।रिपोर्टका अनुसार हजारौं आन्दोलनकारीले प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा ढुंगामुढा गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com