कानमा ब्यान्डेज लगाएर सार्वजनिक कार्यक्रममा देखिए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प


प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

Election 2024 RNC

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको कानमा पट्टी बाँधिएको थियो ।

उनको दाहिने कानमा ठूलो ब्यान्डेज थियो ।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनीसँगै बायाँमा उपस्थित थिए। पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए। उनका छोराहरू एरिक र डोनाल्ड जूनियर पनि उनीसँगै बक्समा थिए। परिवारका अन्य सदस्यहरू पनि सँगै उभिरहेका थिए।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै देखिएका थिए । बीचमा ताली बजाउँदै थिए । ट्रम्पलाई भ्यान्स र डोनाल्ड्सतिर फर्केर भाषणहरूमा टिप्पणी गरेको देखियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार, जब ट्रम्पले पेन्सिलभेनियाको बटलरमा रिपब्लिकन पार्टीको र्‍यालीमा भाषण दिइरहेका थिए, उनीमाथि गोली चलाइएको थियो। गोली ट्रम्पको दाहिनेतिरबाट गएको थियो।

गोली उनको दाहिने कान भएर गएको थियो । आक्रमणकारी म्याथ्यू थोमस क्रुक्सको प्रहरीको सुरक्षा कारबाहीमा मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com