ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान, २० बर्षीय थोमस म्याथ्यू क्रुक्स


प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

Police snipers return fire after shots were fired while Republican presidential candidate former President Donald Trump was speaking at a campaign event in Butler, Pa., on Saturday, July 13, 2024. (AP Photo/Gene J. Puskar)

एफबीआईले अमेरिकी राष्ट्रपति उम्मेदबार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । बन्दुकधारी २० बर्षीय थोमस म्याथ्यू क्रुक्स रहेको एफबीआईले जनाएको छ । पेन्सिलभेनियाको बेथेल पार्क निवासी क्रुक्सका बारेमा अधिकारीहरूले थप जानकारी जारी गरेका छैनन् । सेक्रेट सर्भिसको सुरक्षा कारवाहीमा आक्रमणकारीको मृत्यु भएको थियो ।

संदिग्ध आक्रमणकारीको शव ट्रम्पले बोलिरहेको स्टेजको लगभग ४०० फिट उत्तरमा रहेको एउटा सानो भवनको छतमा अचल अवस्थामा रहेको भिडियोहरु सार्वजनिक भएका छन् । शवको पोजिशन सम्भावित फायरिङ पोजिशनसँग मेल खान्छ। ट्रम्पको दाहिने कानमा देखिएको चोट पनि त्यही दिशाबाट चलेको गोलीसँग मिल्दोजुल्दो देखिएको छ ।

शनिबार साँझ पेन्सिलभेनियामा चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । ट्रम्पको हत्या प्रयास असफल भएपनि उनको दाहिने कानको माथिल्लो भागमा चोट लागेको थियो । ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा गोली प्रहार भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । घटनामा र्‍यालीमा सहभागी अर्का एकजना व्यक्तिको पनि मृत्यु भएको छ । अन्य दुई सहभागीहरु गम्भीर घाइते भएको सेक्रेट सर्भिसले जनाएको छ ।

ट्रम्पमाथि गोली प्रहारपछि जवाफी फायर गर्दै स्नाइपरहरू । (एपी फोटो / जीन जे पुस्कर)

घटनालाई हत्याको प्रयासका रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। ट्रम्पलाई उनको कानको वरिपरि रगत बगिरहेको अवस्थामा स्टेजबाट बाहिर निकालिएको थियो । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो दाहिने कानको माथिल्लो भागमा गोलीले छेडेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमणको अमेरिका र विश्वभरबाट निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेनले हिंसाको निन्दा गर्दै छोटो टेलिभिजन वक्तव्य दिएका थिए । बाइडेनले शनिबार साँझ छोटो टेलिभिजन टिप्पणीमा ट्रम्पलाई तुरुन्तै बाहिर निकालिएकोमा सुरक्षा अधिकारीप्रति कृतज्ञता व्यक्त गरे । यस्तो प्रकारको हिंसाको लागि अमेरिकामा कुनै ठाउँ नभएको उनले बताए ।

बाइडेनको चुनावी अभियानले शनिबार राति एक विज्ञप्तिमा सबै चुनावी विज्ञापनहरु स्थगित गर्ने बताएको थियो । टेलिभिजन विज्ञापनहरू सकेसम्म चाँडो स्थगनका लागि काम गरिरहेको जनाएको थियो । यो कदमले राष्ट्रपति पदका उम्मेदवारमाथि हुने सम्भावित हत्या प्रयासको संकट निस्किँदा राजनीतिभन्दा माथि उठ्ने प्रयासलाई झल्काएको छ ।

(एपी फोटो / जीन जे पुस्कर)

सेक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले संदिग्ध बन्दुधकारीले मञ्च तर्फ धेरैपटक गोली चलाएको बताएका छन् । ट्रम्पले समर्थकहरूलाई सीमा पार गर्ने कागजपत्रविहिनको संख्याको चार्ट देखाउँदै गर्दा उनीमाथि गोली चलेको थियो ।

कोलाहल सुरु भएपछि उनी हतारिएर निस्किएका थिए । उनलाई सेक्रेट सर्भिसका एजेन्टहरूले मञ्चबाट एस्कर्ट गरेका थिए। उनको अनुहार र दाहिने कान रगतले लतपतिएको थियो। बाहिर निस्कदै गर्दा ट्रम्पले भीडतिर आफ्नो मुट्ठी उठाएका थिए ।

कभर तस्वीरमा रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारपछि जवाफी फायर गर्दै स्नाइपरहरू । (एपी फोटो / जीन जे पुस्कर)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com