न्युयोर्कका होटलहरूमा स्याम्पुका साना बोतलहरूमा प्रतिबन्ध लगाइदै


प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

two white push pump bottles

न्युयोर्कका होटलहरूमा शैम्पूका साना बोतलहरूमा प्रतिबन्ध लगाइने भएको छ । न्युयोर्क संसदले ५० भन्दा बढी कोठा भएका होटलमा १२ आउन्सभन्दा कम स्याम्पुका बोतल प्रयोग गर्न प्रतिबन्ध लगाउने बिल पारित गरेको छ ।

नयाँ नियम आगामी जनवरी १ मा सुरु हुनेछ । नियम तोड्ने होटलहरूले पहिले चेतावनी प्राप्त गर्नेछन् भने यसलाई सच्याउन ३० दिनको समय दिइनेछ । यदि तिनीहरूले त्यसो गर्न असफल भएमा २५० डलर जरिवाना हुनेछ ।

a group of white bottles on a wooden table

अर्को ३० दिन पछि होटललाई ५ सय डलर जरिवाना हुनसक्नेछ । सन् २०१९ मा पहिलो पटक पेश गरिएको बिलको उद्देश्य होटेलहरूमा सानो प्लास्टिकको बोतलमा स्याम्पु लगायतका सामाग्रीहरु उपलब्ध गराउन रोक लगाउनु हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिबन्धको कारण एकल प्रयोग हुने प्लास्टिकको प्रयोगलाई रोक्नु भएको अधिकारीहरूले बताएका छन् । यो नियम स्याम्पु, कन्डिसनर, लोशन र तरल साबुनमा लागु हुनेछ । ५० भन्दा कम कोठा भएका होटलका हकमा यो कानुन सन् २०२६ देखि लागू हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com