बेलायतका नवनियुक्त प्रधानमन्त्री स्टार्मरले भने- ‘पहिला देश, दोस्रोमा पार्टी’


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

BRITAIN-POLITICS-VOTE

कियर स्टार्मरले शुक्रबार पहिलो पटक बेलायतको प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिटमा प्रवेश गरे । उनले मुलुकको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल कदमहरु चाल्ने वाचा गरे ।

ऋषि सुनकको कन्जरभेटिभहरूको १४ वर्षको शासन अन्त्य गर्दै लेबर पार्टीका नेता स्टार्मरले आम निर्वाचनमा भारी जित हासिल गरेका छन् ।

राष्ट्रप्रमुख राजा चार्ल्स तृतीयको सरकार गठनको अनुरोध स्वीकार गर्दै उनले डाउनिङ स्ट्रिटबाहिर पत्रकारहरूलाई भने, “परिवर्तनको काम तुरुन्त सुरु हुन्छ तर हामी बेलायतको पुनर्निमाण गर्नेछौँ भन्नेमा कुनै सन्देह नगर्नुहोस् ।”

६१ वर्षीय पूर्वमानवअधिकार वकिल प्रमुख राज्य अभियोजक स्टार्मरले सुनकलाई धन्यवाद दिए । सुनकलाई लिज ट्रसको विनाशकारी कार्यकालपछि सन् २०२२ अक्टोबरमा टोरी नेता तथा प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

“हाम्रो मुलुकको पहिलो ब्रिटिस–एसियाली प्रधानमन्त्रीका रूपमा उहाँको उपलब्धि, त्यसका लागि आवश्यक पर्ने अतिरिक्त प्रयासलाई कसैले पनि कम आँक्नु हुँदैन”, उनले भने, “हामी आज उहाँलाई धन्यवाद दिन्छौँ, हामी उहाँको नेतृत्वमा गरिएको समर्पण र कडा परिश्रमलाई पनि मान्यता दिन्छौँ ।”

स्टार्मर र उनकी श्रीमती भिक्टोरिया बकिङ्घम प्यालेस आइपुग्दा झन्डा फहराउँदै डाउनिङ स्ट्रिटतर्फ उभिएका लेबर समर्थकहरूलाई उनीहरुले हात मिलाउँदै चुमेका र्थि ।

बेलायतीहरू घट्दो सार्वजनिक सेवाहरू, उच्च मूल्य र राजनीतिज्ञहरूका कोरा प्रतिज्ञाहरूबाट थाकेको अवस्थामा स्टार्मरले डरलाग्दो कार्यसूचीको सामना गर्नुपरेको छ ।

उनले भने, “सरकारले ‘देश पहिला, पार्टी दोस्रो’ राख्नेछ ।” सार्वजनिक विश्वासलाई घटाएका टोरीजअन्तर्गतका स्क्यान्डलहरूको उत्तराधिकारपछि उनले ‘राजनीतिको सम्मान’ पुनःस्थापित गर्ने वाचा गरे ।

यद्यपि उनले तत्काल रूपान्तरणको उच्च अपेक्षामाथि काबु पाउने प्रयास गरे । “कुनै पनि मुलुकलाई परिवर्तन गर्न स्विच दबाएजस्तो हुँदैन”, उनले भने, “संसार अहिले धेरै अस्थिर ठाउँ भएको छ, यसमा थोरै समय लाग्नेछ तर रूपान्तरणको काम तुरुन्त सुरु हुनेछ भन्नेमा कुनै शङ्का नगर्नुहोस् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com