ठमेलबाट समातियो ८८ केजी अवैध सुन
प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार

–
भाद्र १९, २०७४- प्रहरीले काठमाडौंको ठमेलबाट ८८ केजी अवैध सुन बरामद गरेको छ ।
रसुवाको केरुङ नाकाबाट भित्र्याइएको अवैध सुनसहित गाडीका चालक पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए । प्रहरीले पक्राउ परेका चालकको नाम गोप्य राखेको छ ।
एसएसपी धानुकले केही काठमाडौं र केही सुन भारतसम्म पुर्याउने तयारी भएको जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Source : Ekantipur