विश्वकप फाइनल : दक्षिण अफ्रिकाले बनायो १५ ओभरमा ४ विकेट गुमाएर १४७ रन


प्रकाशित मिति : १५ असार २०८१, शनिबार

South Africa and India teams arrive on the field before the ICC men’s Twenty20 World Cup 2024 final cricket match between India and South Africa at Kensington Oval in Bridgetown, Barbados, on June 29, 2024. (Photo by Randy Brooks / AFP)

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १५ ओभरमा ४ विकेट गुमाएर १४७ रन छ । डेभिड मिलर र हेनरिक क्लासेन क्रिजमा छन् ।

दोस्रो ओभरमा जसप्रित बुमराहले रिजा हेन्ड्रिक्सलाई र तेस्रो ओभरमा अर्शदीपले एडेन मार्करामलाई आउट गरे। अक्षरले ट्रिस्टन स्टब्सलाई प्याभिलियन पठाए । अर्शदीपले १३ औं ओभरमा डि ककलाई आउट गरे।

बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा नै खसेका थिए । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com