अमेरिकासँगको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झनेमा इजरायली प्रधानमन्त्री नेतन्याहू आशावादी


प्रकाशित मिति : असार ९, २०८१ आईतबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाइने बताउनुभएको छ ।

अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो ।

सबै प्रकारका स्पष्टीकरणहरू पायौं, तर आधारभूत अवस्था परिवर्तन भएन नेतन्याहूले मन्त्रिपरिषद् बैठकमा भन्नुभएको छ ।

नेतन्याहूले यसै साताको सुरुमा एक भिडियो वक्तव्य जारी गर्दै ‘इजरायललाई हातहतियार र गोलाबारुद रोकेको’ आरोप अमेरिकामाथि लगाउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अधिकारीले नेतन्याहूको भनाइबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् ।

इजरायली रक्षामन्त्री योआभ ग्यालेन्ट गाजा युद्धबारे वार्ताका लागि वासिङ्टन उडेका बेला नेतन्याहूको पछिल्लो टिप्पणी आएको हो ।

गाजामा हमासका लडाकुसँग लडिरहेको र लेबनानको उत्तरी सीमामा लेबनानी हिजबुल्लाहसँग सशस्त्र लडाईँ जारी रहेको समयमा आफ्नो अस्तित्वका लागि युद्ध लड्न अमेरिकी गोलाबारुदको आवश्यकता रहेको इजरायली प्रधानमन्त्रीले बताउनुभयो ।

वासिङ्टन इजरायलको मुख्य सैन्य समर्थक हो । तर अमेरिकाले आठ महिनाभन्दा बढी समयदेखि हमास लडाकूहरूसँग लडिरहेको गाजामा नागरिकको बढ्दो मृत्युप्रति निराशा व्यक्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com