११ महिनामा ४३७ नेपाली श्रम स्वीकृति लिएर अमेरिका उडे, जेठमा मात्रै २९ जना


प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

नेपालीहरु रोजगारीको लागि विदेशीने क्रम रोकिएको छैन् । गत जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ जना नेपालीहरु श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशी मुलुकहरुमा पुगेका छन् ।

नेपालीहरुले वैदेशिक रोजगारीको लागि अमेरिकालाई पनि आकर्षक गन्तव्य बनाउन थालेका छन् । जेठ महिनामा २९ जना नेपालीहरु श्रम स्वीकृति लिएर अमेरिका उडेका छन् । वैदेशिक रोजगारी विभागका अनुसार २२ जना पुरुष र ७ जना महिला गरी जेठ महिनामा २९ नेपाली अमेरिका उडेका हुन् ।

गत वैशाख महिनामा ३१ जना नेपाली अमेरिका उडेका थिए । जसमा २६ पुरुष र ५ जना महिला थिए ।

चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा श्रम स्वीकृति लिएर कामदार भिसामा ४३७ जना नेपालीहरु अमेरिका उडेको विभागले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार पनि गतबर्षको जुनदेखि सन् २०२४ को अप्रिलसम्मको ११ महिनामा ७४८ जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको कामदार भिसा पाएका छन् । त्यो बाहेक उनीहरुका ३ सय ४ जना डिपेन्डेन्टहरुले पनि एच फोर श्रेणीको भिसा पाएका छन् ।

अप्रिलमा १०२ जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको कामदार भिसा पाएकोमा ६६ जना मुल भिसावाहक र ३६ जना उनीहरुका डिपेन्डेन्ट थिए । मार्चमा ५६ जना मुल भिसावाहक र २७ जना डिपेन्डेन्ट थिए भने फरबरीमा ४४ जना मुल भिसावाहक र २४ जना डिपेन्डेन्ट थिए ।

जनवरीमा ५३ जना मुल भिसावाहक र २९ जना डिपेन्डेन्ट, डिसेम्बरमा ९९ जना मुल भिसावाहक र २८ जना डिपेन्डेन्ट, नोभेम्बरमा १५० जना मुल भिसावाहक र १६ जना डिपेन्डेन्ट, अक्टोबरमा ९० जना मुल भिसावाहक २६ जना डिपेन्डेन्ट थिए ।

त्यस्तै सेप्टेम्बरमा ३२ जना मुल भिसावाहक र २४ जना डिपेन्डेन्ट, अगस्तमा ४५ जना मुल भिसावाहक र २६ जना डिपेन्डन्ट, जुलाईमा ३६ जना मुल भिसावाहक र ३४ जना डिपेन्डेन्ट, जुनमा ७७ जना मुल भिसावाहक ३४ जना डिपेन्डेन्ट नेपालीहरुले अमेरिकाको कामदार भिसा पाएका थिए ।

थप रिपोर्टिङ न्युयोर्कबाट ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com