चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु


प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

(FOCUS)CHINA-HEAVY RAINFALL-FLOOD-RESCUE (CN)

चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ ।

निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुवानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ । स्थानीय अधिकारीले चरम मौसमी अवस्थाको प्रभाव कम गर्न आपतकालीन प्रतिक्रियाको स्तर बढाएका छन् ।

शुक्रबार बर्षा र आँधीसम्बन्धी मौसम विज्ञान प्रकोप प्रमुखले मोसमी पूर्वानुमान र आपतकालिन प्रतिक्रिया दिँदै आगामी तीन दिन प्रान्तमा कडा वर्षा हुने अनुमान गरेको छ ।

बुधबारदेखि बिहीबारसम्म सहरको औसत वर्षा १७६.४ मिलिमिटर पुगेको छ भने टुनक्सी जिल्लामा ४०५.५ मिलिमिटरको अधिकतम वर्षा रेकर्ड गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षाले एक लाख ७९ हजार मानिसहरू प्रभावित भएकामा लगभग ११ हजार बासिन्दालाई अस्थायी स्थान्तरण गरिएको थियो । सहरको पार्टी समितिको प्रचार विभागका अनुसार क्षतिग्रस्त बालीको क्षेत्रफल ११ हजार ४८० हेक्टर पुगेको छ ।

वर्षाका कारण आएको बाढीले नौवटा राष्ट्रिय वा प्रान्तीय राजमार्गसहित सहरका ५० वटा सडक अवरुद्ध पारेको छ । पाँचवटा काउन्टी–स्तरीय क्षेत्रमा सार्वजनिक यात्रु यातायात सञ्चालन स्थगित गरिएको छ ।

सहरमा तीन हजारभन्दा बढी उद्धारकर्ता, २३५ वारूण यन्त्र र १०५ जहाज उद्धार तथा राहतका लागि परिचालन गरी दुई हजार ४०० भन्दा बढी फसेका बासिन्दालाई उद्धार गरिएको छ ।

वर्षामा केही ग्रामिण सडक भत्किएका कारण उद्धारकर्ताहरू पहाडी क्षेत्रका केही दुर्गम गाउँमा पुग्न पैदल हिँड्नु परेको उहाँले बताउनुभयो ।

सहरका उपप्रमुख चेन टिएन्युले अहिले बाढी नियन्त्रणका लागि निकै महत्त्वपूर्ण समय भएको बताउँदै सहरको हुइझोउ जिल्लास्थित चेङ्गकन नगरमा रहेको एउटा उच्च अध्ययन भ्रमण आधारलाई खाली गरिएका बासिन्दाका लागि अस्थायी बस्ती स्थलमा परिणत गरिएको छ ।

सहर र गाउँ स्तरका सबै कार्यकर्ताहरूलाई परिचालन गरी प्रभावित स्थानहरूमा गस्ती र निरीक्षण गर्न भनिएको छ ।

गुआङ्गडोङको सिमानामा रहेको फुजियान प्रान्तमा जुन १६ देखि सुरु भएको लगातारको वर्षाले लोङ्यान सहरका एक लाखभन्दा बढी बासिन्दाको सामान्य जनजीवन प्रभावित बनेको छ । – सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com