अमेरिकी विदेशमन्त्रीद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

US Secretary of State Antony Blinken gestures upon his arrival at Cairo airport, on June 10, 2024. Blinken arrived in Egypt at the start of a regional tour to push for a much awaited Gaza ceasefire between Israel and Hamas. (Photo by Amr Nabil / POOL / AFP)

मध्यपूर्वको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको बैठकमा बन्धक प्रस्ताव र गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गर्नुभएको छ ।

“विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नुभयो । उहाँले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, र गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय र दिगो वृद्धि गर्ने राष्ट्रपति बाइडेनले उल्लेख गरेको व्यापक प्रस्तावको संयुक्त राज्य अमेरिका र अन्य विश्वका नेताले समर्थन गर्ने बताउनुभयो ।

ब्लिन्केनले जुन १० देखि १२ सम्म इजिप्ट, इजरायल, जोर्डन र कतार भ्रमण गर्ने बताउनुभयो ।

विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री ब्लिङ्केनले इजरायलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनुभयो । उहाँले टेबुलमा रहेको प्रस्तावले इजरायलको उत्तरी सीमामा शान्तिको सम्भावना खुला गर्ने कुरा दोहोरÞ्याउनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

विदेशमन्त्रीले इजरायली र प्यालेस्टिनीलाई दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता प्रदान गर्ने प्रयासको महत्त्वलाई जोड दिँदै द्वन्द्वपछिको अवधिका लागि योजना बनाउन जारी कूटनीतिक प्रयासको बारेमा प्रधानमन्त्री नेतान्याहूलाई सुझाव दिनुभयो ।

गत हप्ता, ब्लिन्केनले इजरायली रक्षामन्त्री योव ग्यालान्ट र इजरायली मन्त्री बेनी गान्ट्जसँग गाजामा पूर्ण युद्धविराम हासिल गर्ने इजरायलको प्रस्तावको बारेमा कुरा गर्नुभएको थियो ।

“यो प्रस्तावले बन्धकलाई उनीहरुको परिवारसँग पुनर्मिलन गराउनुका साथै यो प्रस्तावले इजरायलको दीर्घकालीन सुरक्षा चासोलाई अगाडि बढाउनेछ”, अमेरिकी मन्त्रीले बताउनुभयो ।

बन्धकको रिहाइको सम्बन्धमा इजरायल र हमासबीचको प्रत्यक्ष वार्ता केही सर्तमा असहमतिको कारण केही समयअघि रोकिएको थियो ।

हाल संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार गाजामा बन्धकको रिहाइ र स्थायी युद्धविराम को लागि अमेरिकी प्रस्ताव गरेको हो ।

अमेरिकाले तयार पारेको उक्त प्रस्तावले हमासलाई राष्ट्रपति जो बाइडेनले मे ३१ मा घोषणा गरेको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको छ जसलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको छ ।

देशले आफ्नो भिटो शक्ति प्रयोग नगर्ने निर्णय गरेपछि प्रस्तावको पक्षमा १४ मत, यसको विरूद्ध शून्य र रूसद्वारा एक अनुपस्थितिका साथ प्रस्ताव पारित भएको थियो ।

स्वीकृत गरिएको प्रस्तावको उद्देश्य तीन चरणमा व्यापक युद्धविराम सम्झौतामा पुग्नु रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com