भारतमा मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने , लोकप्रियता भने घट्दै


प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने संभाबना बढेर गएको छ ।

भारतिय जनता पार्टी नेतृत्वको गठबन्धनले वहुमत जुटाएपछि मोदी तेश्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने निश्चित भएको हो । यद्यपी भारतीय जनता पार्टी एक्लैको आवश्यक बहुमत सिट २७२ भने आएन ।

४०० भन्दा बढि सिटमा जित हात पार्ने बताइरहेको भाजपा ३०० सिट भित्रै समेटियो । राहुल गान्धीले नेतृत्व गरेको इण्डिया गठबन्धनले मोदीको प्रभाव बिस्तार गर्ने योजनालाई गतिलो संगै धक्का दिएको छ । इण्डिया गठबन्धन २३० को हाराहारीमा समेटिने निश्चित जस्तै भएको छ । भारतको लोकसभा ५४३ सिटको रहेको छ ।

२०१९ को लोकसभा चुनावमा प्राप्त गरेको भन्दा कांग्रेसले झण्डै दोव्वर सिटमा जित हात पारेको छ । राहुल गान्धी केरलाको बायनाड र उत्तर प्रदेशको रायबरेली सिटबाट भारी मतको अन्तरले बिजयी भएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदी बिजयी भएपनि उहाँको लोकप्रिय मत भने घटेको छ । भाजपाका अमित साह गुजरातको गान्धिनगर सिटबाट रेकर्ड मत अन्तर सहित बिजयी हुनुभएको छ । अघिल्लो चुनावमा राहुल गान्धीलाई हराएर चर्चामा आएकी स्मृति इरानी अमेठी सिटमा भारी मतअन्तरले कांग्रेस उम्मेदवार संग पराजित हुनुभयो ।

मोदीको घट्दो लोकप्रियता

पछिल्लो दुई लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले यो पटक मोदीकै नाममा चुनाव लडेको थियो । सरकार गठनका लागि २७२ सिट भए पुग्ने भएपनि ४०० पारको नारा दिएर गठबन्धनलाई दुई तिहाई बहुमत मागेको थियो ।

अर्थात भाजपा एक्लैले ३७० र बाँकी सिट गठबन्धनका अरु दलबाट अपेक्षा गरेको थियो । २०१४ मा २८२ सिट जितेको भाजपाले २०१९ मा ३०३ सिट जितेको थियो । एनडीए गठबन्धनले भने क्रमशः ३३६ र ३५३ सिट जितेको थियो ।

तर यसपटक भाजपाले संसदमा बहुमत गुमाउने निश्चित भएको छ । मोदीको घट्दो लोकप्रियता उनकै निर्वाचन क्षेत्र बाराणासीको नतिजाले पनि देखाउँछ ।

सुरुवाती रुझानमा त मोदी आफैं पछाडि पर्नुभएको थियो । तर १ लाख ५० हजारभन्दा बढी मतान्तरले कांग्रेसका अजय राईलाई पराजित गर्दै सांसद चुनिनु भयो । मोदीले चुनाव त तेस्रो पटक जिते, तर उहाँको मतान्तर ३ लाखभन्दा बढी घटेको छ ।

मोदीले ६ लाख १२ हजार ९७० मत पाउँदा राईले ४ लाख ६० हजार ४५७ मत पाउनु भएको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी हुनु भएको थियो ।

उहाँले ६ लाख ७४ हजार ६६४ अर्थात कुल मतको ६३ प्रतिशत पाउँदा निकतमत प्रतिद्वन्द्वी समाजवादी पार्टीकी शालिनी यादवले १ लाख ९५ हजार १५९ मत पाउनु भएको थियो । कांग्रेसका राईले १ लाख ५२ हजार बढी मत पाउनु भएको थियो ।

सन् २०१४ मा पनि मोदीको मतान्तर ३ लाख ७१ हजारभन्दा बढी थियो । त्यो चुनावमा मोदीले कुल ५ लाख ८१ हजार ०२२ मत पाउनु भएको थियो ।, जुन कुल मतदताको ५६ प्रतिशत हो ।

आम आद्मी पार्टीका अरविन्द केजरीवालले जम्मा २ लाख मत पाउँदा कांग्रेसका अजय राईले जम्मा ७५ हजार ६१४ मत ल्याउनु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com