इजरायली ट्याङ्कहरूद्धारा रफाहको अल–अव्दा कब्जा


प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार

इजरायली ट्याङ्कहरूले रफाहको अल–अव्दा कब्जा गरेका छन् । रफाहका स्थानीय पत्रकारहरूले यसको पुष्टि गरेका छन् । अल–अवदालाई रफाह सहरको मुटु भनिन्छ ।

बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट उक्त क्षेत्र धेरै महत्वपूर्ण छ । इजरायली सेनाले प्यालेस्टाइन–इजिप्ट सीमाको दक्षिणी भागमा करिब आधा किलोमिटर क्षेत्र कब्जा गरेको छ ।

शहरको पश्चिमी भागमा रहेको एमिराती अस्पतालमा आफ्नो परिवारसँग आश्रय लिएका एक विस्थापित व्यक्तिले भने कि सैनिकहरूले भवनको माथि कब्जा गरेका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा गत २४ घण्टामा ४६ प्यालेस्टाइनीको मृत्यु भएको र ११० जना घाइते भएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३६ हजार ९६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । रफाह सहर बाहेक इजरायली सेनाले उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने पुष्टि गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com