चीनको विद्युत् उत्पादन क्षमतामा वृद्धि , लगानी पनि उच्च


प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार

चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३ दशमलव ०१ अर्ब किलोवाट पुगेको छ ।

एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४ दशमलव १ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको तथ्याङ्कले देखाएको छ ।

वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग ४ करोड ६० लाख किलोवाट २० दशमलव ६ प्रतिशत र सौर्य छ करोड ७० लाख किलोवाट ५२ दशमलव ४ प्रतिशत पुगेको छ ।

जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१ दशमलव २ अर्ब युआन करिब २६ दशमलव ८९ अर्ब अमेरिकी डलर को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए ।

एक बर्ष पहिले लगानीमा ५ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२ दशमलव ९ अर्ब युआन थियो । यो बर्षको सोही अवधिमा लगानीमा २४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com