बार्सिलोनाका मुस्लिम नागरिक बिस्तारै बाहिर निस्किन थाले


प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

बार्सिलोना, १५ भदौ । स्पेनको बार्सिलोना सहरमा गएको करिब १० दिनअघि भएको आतङ्ककारी हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएपछि यहाँका मुस्लिम नागरिकमा ठूलो त्रास छाएको थियो ।

त्यहाँ भएको सो हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको थियो । त्यस्तै अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए । सो हमलाका कारण यहाँ बसोबास गर्दै आएका मुस्लिम नागरिकलाई निकै अप्ठेरो परेको बताइएको थियो ।

सो हमलाको इस्लामिक स्टेट नामक आतंककारी समूहले जिम्मा लिएको छ । उक्त समूहले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमाथि नै निगरानी बढेको र यसले गर्दा उनीहरुले आपूmलाई असुरक्षित महसुश गरेको समाचारमा जनाइएको थियो ।

उनीहरुले आफूहरुलाई प्रहरीले निगरानी गर्ने गरेको तथा यस समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास समेत बढेको बताएका थिए । बार्सिलोना सहरमा सानो संख्यामा मुस्लिम समुदायका नागरिक बस्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका ती नागरिकहरुले यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका र उनीहरु घरबाहिर पनि निस्किन नसकिरहेको बताएका थिए ।

बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन् । उनीहरु ४० को संख्यामा रहेका छन् । तर सो हमलापछि उनीहरु केही समय त शुक्रबारको प्रार्थनाका लागि मस्जिद जान पनि डराएका थिए ।

प्रहरी तथा स्थानीय स्पेनिसले पनि मुस्लिम अनुहार देखेपछि बाटो हिंडीरहेका शर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र आशङ्काका रुपमा हेर्ने भएकोले उनीहरुमा त्रास छाएको यहाँका स्थानीय मुस्लिम समुदायका नागरिकको भनाइ थियो ।

तर पछिल्ला केही दिनयता आएर भने उनीहरु विस्तारै घर बाहिर निस्किने र सार्वजनिक सभा समारोहहरुमा भाग लिने पनि गर्न लागेको पाइएको स्थानीय समाचारहरुमा उल्लेख गरिएको छ ।

इस्लामिक स्टेटले गएका केही वर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ । यसरी गरिएका आक्रमणबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ ।

सन् २०१४ मा उक्त आतंककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ ।

युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतंककारी हमलामा परी ज्यान जानेको संख्या ५३४ रहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com