फिलिपिन्सका किशोरकिशोरीमा एचआईभी संक्रमण बढदो , दैनिक ५५ नयाँ संक्रमित थपिदै


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ एचआईभी पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्यसचिव टियोडोरो हर्बोसाले बताउनुभयो ।

हर्बोसाले किशोरकिशोरीहरूमा केसहरू बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिनुभयो । “हामीसँग लगभग ५९ हजार मानिस एचआईभीसँग बाँचिरहेका छन् । करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ ।

यो अझै पनि १ करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँमामिला,हामी विश्वमा सबैभन्दा माथि छौँ”, उहाँले भन्नुभयो ।

उहाँले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोरकिशोरीहरू बीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग डिओएच सँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिकरूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा रिपोर्ट गरिएको औसत १ हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा १ हजार दुई सय ४५ मासिक केसहरूमा पुगेको छ ।

सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ ।

फिलिपिन्सले सन् १९८४ जनवरीदेखि सन् २०२३ डिसेम्बरसम्म आफ्नोपहिलो केस पत्ता लगाएदेखि डिओएचले १ लाख २६ हजार तीन सय ७८ मामिला र ७ हजार दुई सय ३३ जनाको एचआईभीबाट मृत्यु भएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com