बाढी प्रभावित २३ जिल्लामा एनटिसीद्वारा निःशुल्क सिमकार्ड वितरण
प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

भदौ १५, २०७४ काठमाडौं : नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा यही भदौ १२ गतेबाट सिमकार्ड वितरण भइरहेको टेलिकमले जनाएको छ।
५० रुपैयाँको टकटाइम भ्यालूसहितको जिएसएम प्रिपेड सिमकार्डबाट एनटिसीकै नेटवर्कभित्र थप ५० मिनेट निःशुल्क कल गर्नसमेत सकिने टेलिकमले जनाएको छ।
साथै बाढी प्रभावित क्षेत्रका एनटिसी प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्ड हराएको भए पनि त्यसको सट्टामा अर्को सिमकार्डसमेत निःशुल्क पाउने टेलिकमद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ।