लेबनानमा फ्रान्सका विदेशमन्त्री स्टेफन सेजर्नद्वारा इजराइलसँग शान्ति स्थापना गर्न जोड


प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार

LEBANON-FRANCE-POLITICS-DIPLOMACY

गाजा युद्धका कारण इजराइलसँगको सीमापार तनाव बढेपछि फ्रान्सका विदेशमन्त्री स्टेफन सेजर्नले आइतबार लेबनानको आफ्नो दोस्रो भ्रमणका क्रममा शान्त रहन आग्रह गर्नुभएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको अभूतपूर्व आक्रमणसँगै गाजामा युद्ध सुरु भएपछि इजराइल र लेबनानका इरान समर्थित हिजबुल्लाह समूहबीच दैनिक गोली हानाहान भइरहेको छ ।

इजराइलले लेबनानी क्षेत्रमा गहिरोसँग आक्रमण गरेपछि हालका साताहरूमा लडाइँ तीव्र भएको छ । हिजबुल्लाहले उत्तरी इजराइलमा सैन्य स्थानहरूमा आफ्नो मिसाइल र ड्रोन आक्रमणलाई तीव्र बनाएको छ ।

फ्रान्सले धेरै महिनादेखि सीमापार तनाव कम गर्ने प्रयास गरिरहेको छ र जनवरीमा लेबनान र इजराइल दुवैसामु शत्रुता अन्त्य गर्न पहल गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन ९युनिफिल० को मुख्यालयको भ्रमणका क्रममा विदेशमन्त्री सेजर्नले पेरिसले ‘लेबनानमा युद्धबाट बच्न’ प्रस्ताव गरिरहेको बताउनुभयो । “प्रस्ताव दिन राजनीतिक अधिकारीहरूसँग भेट्न म बेरुत जानेछु, हाम्रो जिम्मेबारी तनाव गर्नु हो र युनिफिलमा यो हाम्रो भूमिका पनि हो, हामीसँग यहाँ सात सय सैनिक छन्”, उहाँले भन्नुभयो ।

अप्रिल १३ पछि सीमापार आक्रमणको मात्रा दोब्बर भएको एक फ्रान्सेली कूटनीतिक स्रोतले बताएको छ । पत्रकार सम्मेलन आयोजना गर्नुअघि विदेशमन्त्री सेजर्नले आइतबार दिउँसो लेबनानी अधिकारीहरूसँग भेट गर्दै हुनुहुन्छ ।

दक्षिणी लेबनानमा लेबनानी सेना र युनिफलका अतिरिक्त कुनै पनि बलको उपस्थितिमाथि रोक लगाउने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावमा आधारित फ्रान्सेली पहलप्रति बेरुतले मार्चमा आफ्नो प्रतिक्रिया प्रस्तुत गरेको थियो । कम शक्तिका साथ कामचलाउ सरकारको नेतृत्व गर्नुभएका लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार आफ्नो प्रस्तावलाई पेरिसले समीक्षा गरिरहेको र बेरुतसामु नयाँ प्रस्ताव प्रस्तुत गर्ने बताउनुभएको थियो ।

गाजाका बारेमा शिखर सम्मेलनका लागि रियादमा रोकिनुहुने सेजर्नको भ्रमण अमेरिकी दूत अमोस होचस्टिनको जेरुसेलम भ्रमणसँग मेल खान्छ । वासिङ्टनले पनि इजराइल–लेबनान सीमामा तनाव कम गर्न जोड दिँदै आएको छ ।

गाजामा हुने युद्धविरामले मात्र इजराइलमाथिको आफ्नो आक्रमणलाई रोक्ने हिजबुल्लाहले बारम्बार घोषणा गर्दै आएको छ । अक्टोबर ८ पछि लेबनानमा कम्तीमा तीन सय ८५ जनाको मृत्यु भएको छ । तीमध्ये हिजबुल्लाहका दुई सय ५४ लडाकू र दर्जनौँ सर्वसाधारण रहेका छन् ।

इजराइलले आफ्नो सीमामा ११ सैनिक र नौ सर्वसाधारण मारिएको बताएको छ । दुवैतिर हजारौँ मानिस विस्थापित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com