न्युयोर्कमा अब ६५ बर्षभन्दामाथिका कागजपत्र नहुनेलाईपनि निशुल्क स्वास्थ्य सेवा मेडिकेड


प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार

a person with a blood pressure meter on a table

न्युयोर्कमा निशुल्क स्वास्थ्य सेवा मेडिकेडको विस्तार गरिएको छ । जस अन्तरगत अब ६५ बर्ष वा सोभन्दा माथिका उमेरका न्युयोर्कबासीहरु जुनसुकै अध्यागमन स्टाटस भएको भएतापनि निशुल्क स्वास्थ्यविमा मेडिकेडका लागि योग्य हुनेछन् । अर्थात् अब कागजपत्रविहीनहरु समेत यो सुविधाका लागि योग्य हुने भएका छन् ।

आम्दानी र अन्य योग्यताका आवश्यकताहरू पूरा गर्ने ६५ वर्ष वा सोभन्दा माथिका कागजपत्रविहिीन आप्रवासीहरूले अब मेडिकेडका लागि आवेदन दिन सक्छन् । मेडिकेडले महत्वपूर्ण स्वास्थ्य सेवा र प्राथमिक उपचारका लाभहरू जस्तै नियमित डाक्टर चेकअप, स्क्रीनिङ, ल्याब परीक्षण, स्वास्थ्य सेवाहरू, प्रिस्क्रिप्शन औषधीहरु लगायत समावेश गर्दछ। सुधारिएको स्वास्थ्य कभरेजको लागि यो अवसरको सदुपयोग गर्न न्युयोर्क सिटी स्वास्थ्य विभागले सुझाव दिएको छ ।

विस्तारित मेडिकेड सुविधा व्यवस्थित हेरचाह योजनाहरू मार्फतको कभरेज हो। यसले तपाईंको स्वास्थ्य हेरचाहका आवश्यकताहरू समेट्छ। यसले स्वास्थ्य आपतकालिन अवस्था भन्दा धेरै लाभहरुलाई समेट्छ। यसले औषधि र आपूर्तिहरू पनि समेट्छ। मेडिकेड आरएक्सले तपाईंलाई फार्मेसीमा भुक्तानी गर्न मद्दत गर्छ।

यो नयाँ नीति अन्तर्गत हालका आपतकालिन मेडिकेड प्राप्तकर्ताहरुलाई स्वचालित रूपमा नयाँ बीमामा सारिनेछ । मेडिकेड व्यवस्थित हेरचाह योजना छनोट गर्न विस्तृत निर्देशनहरू प्राप्त हुनेछन्। हालसम्म आपतकालीन मेडिकेडमा नामांकन नभएका योग्य न्युयोर्कबासीहरुले ह्युमन रिसोर्स एड्मिनिष्ट्रेशनमार्फत साइन अप गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सुविधा पाउनका लागि तपाई न्युयोर्कबासी हुनुपर्छ । त्यस्तै एकजना भएमा आम्दानी २० हजार १ सय २१ डलरभन्दा कम रहेको हुनुपर्छ । दुईजनाको परिवार भएमा आम्दानी २७ हजार २१४ डलरभन्दा कम हुनुपर्छ । श्रोतहरु एकजनाका लागि ३० हजार १८२ डलरभन्दा कम हुनुपर्छ भने २ जनाको परिवारका लागि ४० हजार ८ सय २१ डलरभन्दा कम हुनुपर्छ ।

यदि तपाईसँग पहिले नै इमर्जेन्सी मेडिकेड छ भने तपाईले स्वत विस्तारित मेडिकेड पाउनुहुनेछ । त्यसका लागि न्युयोर्क स्टेट अफ हेल्थले तपाईंलाई एउटा पत्र पठाउनेछ। यसले तपाईंलाई मेडिकेड व्यवस्थित उपचार योजना छनोट गर्न लगाउने छ । पत्रमा उल्लेख भएको मिति सम्म छनोट गर्नुपर्छ । तपाईंले योजना छनोट गरेपछि आफ्नो नयाँ बीमाको सुरुवात मिति सहितको अर्को पत्र प्राप्त गर्नुहुनेछ। तपाईंले यो कभरेजको लागि न्युयोर्कको स्टेट अफ हेल्थ मार्फत सिधै आवेदन दिन सक्नुहुन्न।

न्युयोर्क सिटीको स्वास्थ्य विभागका तोकिएका सल्लाहकारहरू विभिन्न स्थानहरूमा उपलब्ध छन्। तपाईं उल्लेखित स्थानहरु मध्ये कुनै एकमा गएर वा फोनबाट सम्पर्क गरेर आवेदन दिन सक्नुहुनेछ । ब्रोंक्स, म्यानहटन, क्वीन्स र बु्रकलिनमा तोकिएको स्थानमा गएर तपाईले आवेदन दिन सक्नुहुनेछ । क्वीन्समा ३४३३ जंक्शन ब्लुभर्डमा रहेको कोरोना हेल्थ सेन्टरमा गएर आवेदन दिन सकिनेछ । तपाईले ३११ मा फोन गरेर गेट कभर्ड एनवाईसीका लागि अनुरोध गर्न समेत सक्नुहुनेछ ।

यदि तपाई मेडिकेडका लागि योग्य हुनुहुन्न भने न्युयोर्क सिटीमा तपाईका लागि अन्य स्वास्थ्य सुविधाहरु पनि छन् । न्युयोर्क सिटीमा एनवाईसी केयर एउटा स्वास्थ्य सेवा पहुँच कार्यक्रम हो जसले स्वास्थ्य बीमाको लागि योग्य नहुने वा खर्च गर्न नसक्ने न्यूयोर्कवासीहरूलाई कम लागत र निशुल्क सेवाहरूको ग्यारेन्टी दिन्छ। त्यस्तै तपाईका लागि उचित स्वास्थ्य सेवाबारे थाहा पाउन ३११ मा फोन गरेर गेट कभर्ड एनवाईसीका लागि अनुरोध गरेर छलफल गर्न सक्नुहुनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com