सृजनाले रङ्गियो ‘नेपाल-भारत सम्बन्ध’


प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार

काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आउनुभएको छ । उहाँ नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बन्नुभएको छ ।

बेलाबेलामा भारतमा जानुहुन्छ चित्र सृजना गर्नुहुन्छ फेरि नेपाल आउनुहुन्छ र सृजना गर्नुहुन्छ । यसरी जाँदा आउँदा उहाँलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै लाग्छन् ।

शेर्पाले भारतीय कलाकारसँगै काठमाडौँ आएका बेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीका क्रममा ‘सम्बन्ध’ विषयमा चित्र सृजना गर्नुभयो । उहाँले आफ्नो मावली घर भारतको दार्जिलिङ भएकाले मेची नदीलाई बीचमा पारेर दुई देशको दृश्य कैद गरी आपसी सम्बन्धलाई प्रस्तुत गर्नुभएको थियो ।

“मैले दुई देशको सम्बन्ध देखाउन खोजेको हुँ । माओली घर भारतको दार्जिलिङ हो । त्यसैले मेचीलाई साक्षी राखेर नेपाल र भारतको दृश्यचित्र कैद गरेको छु”, शेर्पाले भन्नुभयो । आफ्नो र मावली घरको सम्बन्ध कस्तो हुन्छ, त्यस्तै सम्बन्ध नेपाल र भारतबीचको छ भन्ने कुरा पस्कन खोजेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यशालामा अर्का कलाकार डिबी राईले कार्यक्रम अनुसार कै विषयमा चित्र सृजना गर्नुभयो । उहाँले आदिवासी किराँत संस्कृतिलाई प्रस्तुत गर्नुभयो । जुन नेपाल र भारतमा छ । राई लिम्बूको संस्कृति नेपाल र भारतको सिक्किम, दार्जिलिङमा पनि छ । खर्साङ कालिङपोङमा पनि उस्तै छ ।

उहाँले सृजनामा किराँतेश्वरको मूर्तिलाई आधार बनाएर ‘फ्युजन’ गर्न खोजेको बताउनुभयो । गरिएको छ । राईले भन्नुभयो, “एकै भाषा र संस्कृति भएपछि सम्बन्ध यसै बलियो हुने नै भयो, मेरो सृजनाले पनि त्यही भन्छ ।”

अर्का कलाकार एनबी गुरुङले अमूर्त चित्र सृजना गरी दुई देशबीच सदिऔंँदेखिको भाइचारा र आत्मिय सम्बन्धलाई प्रस्तुत गर्नुभयो । भारतका कलाकारको नेतृत्व गर्दै आउनुभएकी दीपा राईले महिलालाई विम्ब बनाएर दुई देशको आपसी भाइचाराको सम्बन्धलाई प्रस्तुत गर्नुभयो ।

कार्यशालामा सम्बन्धलाई फरकफरक दृष्टिकोणबाट भारतीय कलाकारहरु पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकास सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पाले जलरङका माध्यमबाट क्यान्भास सजाउनुभयो ।

उहाँहरुलाई नेपाली कलाकारले साथ दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा नेपाल र भारतका कलाकारको सहभागितामा सम्बन्ध शीर्षकमा तीनदिने कला कार्यशाला र प्रदर्शनी आयोजना गरेको छ ।

कार्यशालाका क्रममा आज कलाकारहरु भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पुगेका छन् । कला र सृजनाका माध्यामबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँले कलाको भाषा वा सीमा नहुने अमूर्त सम्बन्ध जस्तै हुने बताउनुभयो ।

हार्तम्छालीले सृजनालाई राजनीतिक सीमाले कहिल्यै नछेक्ने हुँदा सृजनाको भाषा विश्वमै अब्बल हुने बताउनुभयो । उहाँका अनुसार कार्यशाला र प्रदर्शनीमा १३ भारतीय र २२ नेपाली कलाकार सहभागी छन् । उनीहरुले बनाएका सृजनाहरु नक्सालमा आज पनि प्रदर्शन भइरहेको छ । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकार यहाँ आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com