भाइलाई सघाउने दाइ नै पक्राउ परे , अब कस्तो कारवाही होला ?


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

दैलेखमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशोरलाई प्रहरीलाई बुझाइएको केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो ।
त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका हुन ।

पक्राउ पर्नेले एसईई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । मास्क लगाएर परीक्षा दिइरहेका ति किशोर त्रिभुवन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थी हुन् ।

प्रवेशपत्रको फोटो पछि टाँसेको र मुखमा मास्क लगाई आएका देखेर सोधीखोजी गर्दा घटना बाहिरिएको प्रहरीले बताएको छ । मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई २ वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने, दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था रहेको दैलेख प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com