प्रमुख विकास साझेदार जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपाल भ्रमण गर्ने


प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार

जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

“परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ ।

६ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताउनुभएको थियो ।

नेपाल जापान सम्बन्ध अठारौं शताब्दीको अन्त्यतिरको हो। ०१ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापनासँगै यो सम्बन्ध औपचारिक बन्यो। दुई देशबीचको सम्बन्ध मित्रता, सद्भावना र सहयोगले चिनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियो भने जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो । नेपालको ओसाकामा मानार्थ महावाणिज्य दूतावास छ । जापान नेपालको लामो समयदेखिको मित्र र प्रमुख विकास साझेदार हो । जापानमा बसोबास गर्ने नेपालीको संख्या करिव १ लाख रहेको अनुमान छ । नेपाली समुदाय जापानमा सातौं ठूलो विदेशी समुदाय हो ।

हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षा र जापानी भाषा अध्ययन गर्न जापान जाने गर्छन् । नेपाली विद्यार्थीको विदेश अध्ययनका लागि जापान दोस्रो सबैभन्दा मनपर्ने गन्तव्य हो ।

जापान नेपालको एक महत्वपूर्ण व्यापारिक साझेदार हो । जापानमा नेपालको प्रमुख निर्यातमा पश्मिना उत्पादन, तयारी पोशाक, ऊनी सामान, गलैंचा, हस्तशिल्प, नेपाली कागज तथा कागजका सामान, छालाका सामान, चाँदीका भाँडा र गहनाहरू जापानमा पर्छन् ।

त्यसैगरी जापानबाट नेपालको प्रमुख आयातमा सवारी साधन तथा पार्टपुर्जा, इलेक्ट्रोनिक सामान, मेसिनरी तथा उपकरण, फलाम तथा स्टिलका उत्पादन, फोटोग्राफिक सामान, चिकित्सा उपकरण र कपडा पर्दछन् ।

जापानी उत्पादन प्रक्रिया ल्याई वा जापानमा उत्कृष्ट कच्चा पदार्थ निकासी गरी उत्पादन विकासलाई एकीकृत गरी व्यापार क्षेत्रमा सहकार्यको प्रशस्त अवसर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com